शिकार खेल्न गएका एक जनाको गोली लागि एक जनाको मृत्यु

शिकार खेल्न गएका एक जनाको गोली लागि एक जनाको मृत्यु

सल्यान – सल्यानमा शिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा शोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा घाइते भएका चित्र बहादुर घाइते हुनुभएको थियो । घाइते रावतको उपचारका लागि सुर्खेत लिदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

बन्दुक बोकेका आइते रावत बन्दुक सहित फरार रहेको र उनको खोजी कार्य भइरहेको खनालको भनाई छ । मृत्तक चित्र बहादुरको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया