बुलाकीको ‘नाच.. सुवा.. नाच’ रिलिज

बुलाकीको ‘नाच.. सुवा.. नाच’ रिलिज

सुर्खेत – आगामी नयाँ वर्ष १ वैशाखबाट रिलिज गरिने भनिएको चलचित्र ‘बुलाकी’को पहिलो गीत सोमबार रिलिज गरिएको छ । नाच सुवा नाच‘बोलको गीतको भिडियोमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ ।

यस गीतमा सीडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको यस चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

टोपेन्द्र विष्टले निर्माण गरेको यस चलचित्रमा लक्ष्मण सुनारको निर्देशन रहेको छ । बुलाकीमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको निर्देशक सुनारले बताए ।

डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको यस चलचित्र आगामी १ वैशाखबाट प्रदर्शन आउनेछ । चलचित्रको वितरण त्रिनेत्रम र एफडीले गर्दै छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको चलचित्र शिव ढकालले खिचेका हुन् । अर्जुन जीसीले सम्पादन गरेको यस चलचित्रमा राजबहादुर सानेको कथा तथा राजबहादुर साने, निर्मल पौडेल, निर्देशक सुनार र अभिनेता बिष्टको पटकथा एवं संवाद रहेको छ ।

प्रतिक्रिया