विद्यालय व्यवस्थापन सम्बन्धि दुइ दिने तालिम संचालन

विद्यालय व्यवस्थापन सम्बन्धि दुइ दिने तालिम संचालन

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकामा विद्यालय व्यवस्थापन सम्बन्धि दुइ दिने तालिम संचालन भएको छ । एइ.आइ. एन लक्जेम्बर्गको आर्थिक सहयोग, ठाटीकाँध गाउँपालिकाको साझेदारी, सोसेक नेपाल द्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा उक्त तालिम संचालन भएको हो ।

 

तालिममा ठाटीकाँध गाउँपालिका -३ का सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक र शिक्षक गरी ३० जनाको सहभागिता रहेको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार तालिममा अभिभावक शिक्षा, व्यवस्थापनका चरण, सिद्धान्त , द्वन्द व्यवस्थापन, अभिभावक आचारसंहिता लगायतका विषयमा सहजिकरण हुने छ । ठाटीकाध गाउँ पालिका वडा नं -३ का १० वटा सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष , प्रधानाध्यापक र शिक्षक गरी ३० जनाको सहभागिता रहेको थियो ।

तालिम वडा नं -३ को वडा कार्यालयको हलमा संचालन भएको संयोजक रेग्मीले बताउनुभयो । यो तालिम ठाटीकाँधका सबैवडामा सुरु हुन्छ,”उहाँले भन्नुभयो, “अहिले ठाटीकाँध ३ बाट सुरु भएको छ ।”

 

प्रतिक्रिया