विद्यार्थीहरुलाई बालविवाह, मर्यादित महिनावारी सम्बन्धी स्वास्थ्य शिक्षा तालिम

विद्यार्थीहरुलाई बालविवाह, मर्यादित महिनावारी सम्बन्धी स्वास्थ्य शिक्षा तालिम

ठाटीकाँध –  दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर -२ को दशरथ माध्यामिक विद्यालय प्याडुल्लीका विद्यार्थीहरुलाई बालविवाह, मर्यादित महिनावारी, हिंसा तथा दुरव्र्यवहार लगायतका विषयमा स्वास्थ्य शिक्षा तालिम दिइएको छ ।

एइ.आइ.एन लक्जेम्बर्गको आर्थिक सहयोग, ठाटीकाँध गाउँपालिकाको साझेदारी सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा कक्षा ९ र १० कक्षाका विद्यार्थीलाई स्वास्थ्य शिक्षा सम्बन्धी तालिम दिइएको हो । उक्त तालिममा ३० जना छात्र २० जना छात्र गरि ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया