जेल मुक्त भएपछि पल शाह पहिलो पटक महोत्सवमा जादै

जेल मुक्त भएपछि पल शाह पहिलो पटक महोत्सवमा जादै

सुर्खेत –  चर्चित मोडल तथा नायक पल शाह जेलमुक्त भएपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । त्यसका लागि उहाँ आज रुकुम पश्चिमको मुसिकोटमा जारी रूकुम महोत्सवमा जादै हुनुहुन्छ । आयोजकका अनुुसार पल हेलिकोप्टर मार्फत रूकुम जानुहुने छ । सफाई पाएर जेलबाट मुक्त भएपछि पल पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।

दर्शकको माग अनुसार पललाई रूकुम ल्याउन लागिएको महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । नाबालिक जवरजस्ती करणिको आरोपमा पक्राउ परेका पलले एक वर्ष जेल जीवन विताउनु परेको थियो । उक्त मुद्दामा लदालतले पललाई एक वर्षपछि सफाई दिएको थियो ।

जेल मुक्त भएपछि पल पहिलो पटक सार्वजनिक कार्यक्रमका लागि रूकुम महोत्सवमा आउने भएपछि आज दर्शकको उपस्थिति बढ्ने आयोजकले विश्वास लिएको छ । महोत्सवमा अन्य कलाकारले पनि प्रस्तुति राख्ने छन् ।-कखरा

प्रतिक्रिया