विश्वविद्यालयलाई देशकै उत्कृष्ट बनाउन मेरो उम्मेद्धारी हो : थापा

विश्वविद्यालयलाई देशकै उत्कृष्ट बनाउन मेरो उम्मेद्धारी हो : थापा

सुर्खेत –  सरल जीवनशैली । सबैसँग सहज रुपमा घुलमिल हुन सक्ने । बाबु आमा नभएका बाआमा दुबै, आफन्त नभएकाको आफन्त अनिज छोराछोरी नभएका साहारा बिहिन आमाबाबुका लागि छोराछोरी हुन् महेन्द्र ।

जहाँ मेहन्द्र पुग्छन् । त्यहाँ आशाको दियो बल्छ । त्यहाँ शिक्षा स्वास्थ्यको कुरा उठाउन सुरु गर्छन् । चाहे सडक होस वा सार्वजनिक कार्यक्रम । त्यहाँ पुगेर कर्णालीको शिक्षा, स्वास्थ्य गरिबी लगायतका विषयमा निरन्तर आवाज बुलन्द गर्छन् । यतिमा मात्र उनको परिचय सिमित छैन । साहारा बिहिनका साहारा । आमाबाबु नभएका बाबु आमासमेत उनै हुन् । बेसहाराका साहारा हुन् उनी ।

२०५२ चैत्र १ गते दैलेखको दुल्लु नगरपालिका ४ सान्तीबजार दैलेखमा जन्मेका उनी सामान्य कृषक परिवारका छोरा हुन् । दुल्लुको बिजया माध्यामिक विद्यालय दुल्लुमा एसएलसी सम्म अध्यन गरेका उनी त्यहो बेला देखि नै विद्यालयका शैक्षिक गरिविधि हुन् वा समाजका सामाजिक गविविधिलाई नजिकबाट निहालेर त्यस्को समाधानन खोज्दथे । र समस्काको समाधान गर्न तल्लिन रहन्थे । सानैबाट समाजसेवा गर्न रचाउने उनी घरको कान्छो सन्तान हुन् । दैलेखको दुल्लुमा रहेको बिजया उच्च माध्यामिक विद्यालयमा एसएलससी । त्यसपछि दैलेखबाट अध्यनको सिलसिलामा सुर्खेतको वीरेन्द्रनगर पुगे ।

पढाइ सँगसँगै मानवता प्रर्बद्धन सम्बन्धी सडक नाटक प्रर्दशन गर्थे । आर्दशराज मेमोरियल सुर्खेतमा प्लस टु । सेडा क्याम्पसमा हेल्थ असिस्टेन्ट अफ हेल्थ साइन्स पढिसके पछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र प्रदेश अस्पताल कालागाउँमा पाँच वर्ष करार सेवामा कार्यरत रहेर सेवा गरेका थिए । उनी स्थापना कालदेखि नै मानव सेवा आश्रम सुर्खेतका युवा परिवार संयोजक हुन् । हाल उनी मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा अन्तर्राष्ट्रिय सम्बन्ध (आइ आर) सातौँ सेमेस्टारमा अध्यनरत छन् । विद्यालयमा पढ्दै गर्दा पनि सामाजिक लगायतका विभिन्न गतिविधिमा सहभागि हुन्थे । सुर्खेतमा रहेर क्लिन ग्रिन मोमेन्ट अभियानबाट सरसफाइ लगायतथ वृक्षरोपणका क्षेत्रमा अभियान चलाउदै आएका अभियान्ता समेत हुन् । उनी अहिले मध्यपश्चिम विश्वविद्यालय स्वबियू सभापती पदमा स्वतन्त्र उम्मेद्धार महेन्द्र थापासँग ज्वाला शन्देश डटकमका लागि जितेन्द्र थापाले गरेको कुराकानी:

तपाईको उम्मेदवारी किन ?
२०६७ सालबाट मध्यपश्चिम विश्वविद्यालयको जन्म भयो । यस विश्वविद्यालयलाई सुर्खेतमा स्थापना गर्न यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरू र सामाजिक अभियान्ताको दान सहयोगबाट कर्णाली प्रदेशको एकमात्र मध्यपश्चिम विश्वविद्यालय बनेको तपाई हामी सबैलाई थाहा छ ।

कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थीहरुको शैक्षिक हबको विकास गरी नेपालकै प्रतिष्ठित विश्वविद्यालयको रुपमा विकास गराउनमा पैरवी गर्ने मेरो सपना हो । त्यसैमा पनि एक सामाजिक अभियान्ता भएको नाताले पनि मलाई कुनै लाभको पद चाहिएको होइन ।

मैले यस विश्वद्यिालयमा अध्ययन गर्दै गर्दा स्थापनाकालदेखि नै राजनीतिले जडो गाडेको छ । जसले शैक्षिक गुणस्तर खस्कदो छ, व्यवस्थापन तथा सञ्चालनमा नीतिगत असर परेको छ भने, शैक्षिक हव हुनुपर्ने ठाउँ राजनीति हुने थलोको रुपमा परिणत हुँदै गएको मैले देखेको छु भोगेको छु । यही तितो सत्यलाई आत्मसाथ गर्दै अब हाम्रो गौरवको विश्वविद्यालयमा राजनीति हुनु हुँदैन ।

राजनीतिकै कारण शिक्षाको गुणस्तर विग्रनु हुँदैन । प्रविधियूक्त शिक्षाबाट कोही पनि वञ्चित हुनु हुँदैन भन्ने ध्येयलाई स्थापित गर्नु नै मेरो उम्मेदवारी हो ।

शैक्षिक संस्थालाई बाह्य राजनितीक दवावबाट मुक्त बनाउदै नेपालभरबाट उच्च शिक्षाको लागि कर्णाली प्रदेश आउने विद्यार्थी पाहुनाहरूलाई सहज रुपमा पठन पाठन हुने वातावरण तयार गर्नु र विश्वविद्यालयको सम्पूर्ण गतिविधिलाई पारदर्शी एवं शान्त र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि नीतिगत सुधारमा जोड दिई स्वतन्त्र विद्यार्थी यूनियनको नामलाई स्वतन्त्र राख्ने मेरो अभियानलाई सबैले साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

तपाई चुनाव जित्नुहुन्छ त वा चुनाव जित्ने आधार के छन् ?

म कुनै राजनीतिक दलको कार्यकर्ता भन्दा नि पहिलो त म यस विश्वविद्यालयको विद्यार्थी हुँ । दोस्रो सामाजिक अभियान्ता । मैले मेरा सामाजिक कामहरुमा धेरै युवा विद्यार्थी साथीहरु जो राजनीति र सामाजिक न्यायको सिद्धान्तलाई नजिकबाट हेर्नु भएको छ, बुझ्नु भएको छ, त्यस्ता असंख्य साथीहरुसँग म जोडिएर काम गरेको छु ।

सांगठनिक हिसावले म कमजोर होला तर ममा एउटा क्षमता चै पक्कै छ। त्यो साथीहरुले बुझ्नु हुन्छ । फेरी यूग परिवर्तनका लागि स्पष्ट भिजनसहितका स्वतन्त्र मान्छेहरुले मात्रै परिवर्तन गर्न सक्छन् भन्ने मान्यता पनि युवा पिढीमा स्थापित हुँदै गएको छ। जसले मलाई चुनाव जित्न सहज छ जस्तो मलाई लाग्छ ।

तपाईले सभापति पाए विश्वविद्यालय र त्यहाँ अध्यनरत विद्यार्थीले के पाउँछन् ?

म विद्यार्थी हुँ । अहिले सातौँ सेमस्टरमा अध्यनरत छु । यहाँसम्म पुग्दै गर्दा यहाँका समस्या । र समाधानपछिका सम्भावनालाई नजिकबाट निहालेको छु । यही क्षेत्रमा लामो समय भिजेको छु । पहिले देखि नै शैक्षिक सुधार र व्यवस्थापनका क्षेत्रमा चासो राख्ने मैले यस क्षेत्रमा लामो अनुभव छ । त्यसैले यहाँका अध्यनरत विद्यार्थीको लागि समग्र विश्वविद्यालयका लागि धेरै कुरा दिनको लागि मेरो उम्मेद्धारी हो । मेरो पहिलो प्राथमिकता भनेको विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गराई नीतिगत व्यवस्थामा सुधार गर्नु हो । त्यसपछि शान्त एवम भयरहित वातावरणमा प्रविधियूक्त गुणस्तरीय शिक्षामा जोड दिनु हो ।  मैले अगाडि सारेका प्रतिवद्धताहरु विद्यार्थी मैत्री छन, छात्रामैत्री छन, प्राध्यापकमैत्री मात्रै नभएर सिंगो विश्वविद्यालयमैत्री छन् । साना साना कुराको सुधार गरेमात्रै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौं र साच्चिकै विश्वविद्यालय विश्वविद्यालयजस्तो कसरी बनाउन सकिन्छ भन्ने कुरा निर्वाचित भइसकेपछि छर्लङ्गै देखाउने छु । परिर्वतन गरेर ।

विश्वविद्यालयलाई साच्चिकै विश्वविद्यालयजस्तो बनाउन मेरा ३२ बुँदे प्रतिवद्धता पत्र यस प्रकार छन् ।
१. स्वतन्त्र विद्यार्थी यूनियनलाई गैरराजनीतिक संस्थाका रुपमा स्वतन्त्र विद्यार्थी संगठनको रुपमा विकास गर्ने।
२. शैक्षिक क्षेत्रलाई विकास गर्न प्राविधक तथा अप्राविधक शिक्षालाई विकास गर्ने।
३. विद्यार्थीहरूको स्वास्थलाई ध्यानाकर्षण गर्दै छात्राहरूलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रत्येक विभागमा व्यवस्थापन गर्ने।
४. स्वच्छ पिउने पानी र उचित सरसफाई युक्त र अपांग मैत्री शौचालयको उचित व्यवस्थापन मिलाउन विश्वविद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउने।
५. मल्टिमिडियाको प्रयोगबाट गुणस्तरिय शिक्षाको कक्षा व्यवस्थापन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने।
६. विश्वविद्यालयमा भइरहेका प्रशासनिक काम कार्यलाई पारदर्शि राख्न सुचनाको हकलाई व्यवस्थापन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने।
७. प्राविधिक विषय ९इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, हाइड्रो इन्जिनियरिङ० का विद्यार्थीहरूलाई सुरक्षासहितको आवासको व्यवस्थापन गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण गराउने।
८. सरकारी अनुदानबाट संचालित विश्वविद्यालय भएकोले शुल्क अनुकुलता र २०५ छात्रवृद्धि प्रतिस्पर्धावाट छनोट गरी वितरण गर्ने।
९. लाइब्रेरी तथा पाठ्यक्रम अनुसारका पुस्तकालयको व्यवस्थापन गर्न ध्यानाकर्षण गराउने ।
१०. शैक्षिक भ्रमण, आन्तरिक मनोरन्जन एवं क्षमता विकासका लागि विभिन्न क्रियाकलापहरू विश्वविद्यालयको कार्यतालिकामा समावेश गरी कार्यान्वयन गराउन लगाउने ।
११. इ–लाइवेरीको प्रत्येक विभागमा व्यवस्थापन गर्न पहल गर्ने ।
१२. विश्वविद्यालयको शैक्षिक कार्यतालिकालाई उचित समयमा पालना गर्न विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउने ।
१३. विद्यार्थीको सेवाको लागि विद्यार्थी माझ गई समस्या समाधान गर्न तथा विद्यार्थीको हक हितका लागि निरन्तर आवाज उठाउने र समस्याको समाधान खोज्न लागि पर्ने ।
१४. नवनिर्मित एवम निर्माणाधिन भौतिक सरनाहरूलाई अपाङ्ग मैत्री बनाउने कुरामा जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।
१५. मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धान गर्न लगाई अध्ययन अनुसन्धान कार्यमा विद्यार्थीहरूलाई संलग्न गराउने ।
१६. विद्यार्थीहरूको रुची र क्षमता अनुसारको खेल मैदान निर्माण गरी नियमित रूपमा खेलकुद गतिविधिहरू सञ्चालन गर्ने ।
१७. स्वतन्त्र विद्यार्थी युनीयनको वार्षिक कार्यतालिका सार्वजनीक गरि सो बमोजिम गतिविधि सञ्चालन गर्ने ।
१८. विश्वविद्यालयका पदाधिकारीहरूमा राजनैतिक भागबण्डाको अन्त्यका लागि निरन्तर पहल गर्ने ।
१९. प्रत्येक संकाय तथा संस्था एवम विभाग अध्ययनरत छात्र छात्राहरूको लागि अन्तर विश्वविद्यालय भ्हअजबलनभ कार्यक्रम र छात्रवृद्धिबाट अध्ययन गर्ने व्यवस्था मिलाउने ।
२०. कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी अध्ययन अध्यापनका लागि बिपिएच, एमपिएच, एमबिबिएस, बिएस्सी नर्सिङ्ग, एमएस्सी नर्सिङ्ग, बिडिएस जस्ता प्राविधिक विषयहरू सञ्चालन गर्न आवाज उठाई सम्बन्धित निकायसँग समन्वय गर्ने ।
२१. कृषि विषयलाई मध्यनजर गर्दै कमाउदै पढ्दै भन्ने अभियानलाई सम्बधित निकाय पहल कदमी गर्ने ।
२२. कम्प्यूटर ल्याबको उचित व्यवस्थापन।
२३. साइन्स ल्यावलाई स्तरीय बनाई उच्चस्तरीय प्रयोगशालाको केन्द्र बनाउने ।
२४. प्रत्येक विभागमा विद्यार्थी सुझाव पेटीका राखी, उपयुक्त सुझावहरूको सुनुवाई गर्न पहल गने ।
२५. विश्वविद्यालयमा मानवता कायम गर्ने अभियानलाई अगाडी बढाई शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने ।
२६. गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको उचित व्यवस्था गर्न पहल गर्ने ।
२७. विश्वविद्यालयलाई प्राप्त अनुदान र आम्दानी उपलब्धि स्रोत साधन र त्यसको उपयोगीता बारे निरन्तर खबरदारी गर्ने ।
२८. विश्वविद्यालय प्रशासनलाई विद्यार्थी मैत्री बनाउन भुमिका खेल्ने ।
२९. विश्वविद्यालय अध्ययनलाई व्यवहारीक र जिवन निर्वाहमुखी बनाई विषयगत ज्ञानसिप दक्षतासँगै मानवता नैतिकता सदाचारीता बनाउन जोड दिने ।
३०. इमानदारिता देशभक्त सार्वजनिक हित र निस्वार्थमा काम गर्ने सोच र तत्परता भएका दक्षजनशक्ति उत्पादन गर्ने ।
३१. योग्यता दक्षता रुची र क्षमताका आधारमा प्रतिस्प्रर्धावाट प्रध्यापकहरूको नियुक्तिको वातावरण र सुविधायुक्त कक्षाकोठा निर्माण गरी गुणस्तरीय अध्ययन अध्यापनलाई सुनिश्चिता गर्ने ।
३२. विद्यार्थी राजनितिक सुदृढिकरणमार्फत समय राजनितिक संस्कार प्रविधि र प्रणालीमा सुधारको प्रयास गर्ने ।

 

प्रतिक्रिया