जुम्लामा इन्टरनेट सेवा विस्तार
जुम्ला – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा इन्टरनेट सेवा विस्तार गरेको छ। बुधवार खलङ्गामा एक कार्यक्रमको आयोजना गरी एफटीटीएच फाइबर इन्टरनेट सेवाको उद्घाटन गरिएको हो।
सेवाको उद्घाटन अध्यक्ष दिलीप अग्रवाल र लगानीकर्ता ब्रिटिस इन्भेस्टमेन्ट कम्पनी (विविआई) प्रतिनिधि श्रीनीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । अग्रवालले जुम्लामा यो सेवा प्रवाह गर्नु खुसीको कुरा भएको बताउनुभयो ।
उहाँले काठमाडौँकै गतिको इन्टरनेट सुरुवात भएको बताउनुभयो । यो सेवामा कर्णाली प्रदेशलाई जोड्ने तयारी छ । सेवा विस्तार गर्ने क्रममा मुगु, हुम्ला र डोल्पा जिल्लामा पनि काम गर्ने योजना छ ।
वर्ल्डलिंकका महाप्रवन्धक किरण गौतमले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार नभई गुणस्तरीय सेवा प्रवाह हुने बताउनुभयो। जुम्लामा २०७९ साल असारबाट सेवा सुरु गरेको इन्टरनेट सेवाको जुम्लामा वर्ल्ड लिंकको बुधवारबाट सुरुवात गरिएको छ ।
Leave a comment