कर्णालीमा इन्सेक प्रतिनिधि सिंह उत्कृष्ट

कर्णालीमा इन्सेक प्रतिनिधि सिंह उत्कृष्ट

सुर्खेत – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को हुम्ला प्रतिनिधि नन्दसिंह कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधिमध्ये उत्कृष्ट भई पुरस्कृत भएका छन् ।

अघिल्लो वर्षमा काम गरेको आधारमा सिंह उत्कृष्ट ठहरिएका हुन् । इन्सेकले बुधबार सर्खेतमा आयोजित कार्यक्रममा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै प्रत्येक प्रदेशका एक/एक जना उत्कृष्ट जिल्ला प्रतिनिधिलाई पुरस्कृत गरेको थियो ।

उत्कृष्ट कार्य सम्पादन गरेबापत सिंहलाई पुरस्कृत गरिएको हो । सिंहसहित उत्कृष्ट जिल्ला प्रतिनिधिलाई ७ हजार नगद र प्रशंसापत्र प्रदान गरिएको छ ।

साथै, दोसल्लासमेत ओढाइएको थियो। इन्सकेका अध्यक्ष कुन्दन अर्याल र कर्णाली प्रदेशका मुख्य गोपीकृष्ण खनालबाट उनी पुरस्कृत भएपछि सिंहले थप जिम्मेवार भएर काम गर्ने हौसला मिलेको बताए। सिंह नेपाल पत्रकार महासंघका सचिव र प्रेस चौतारी हुम्लाका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया