खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाको कार्यशाला हुँदै
सुर्खेत – सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाले कर्णालीमा एक दिने कार्यशाला आयोजना गरेको छ । नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली संघको साझेदारीमा सञ्चालित उक्त आयोजनाले कार्यशाला आयोजना गरेको हो । कार्यशाला भोली शुक्रवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुँदैछ ।
कार्यशालामा फिनल्याण्ड राजदुतावास, युरोपेली संघ, नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णालीका मुख्यमन्त्री, भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेशस्तरका संघसंस्थाका प्रतिनिधि सहभागि हुनेछन् ।
कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहहरुमा खानेपानी, सरसफाई तथा स्वच्छता ९वास० का समस्या समाधान गर्न उक्त आयोजना सञ्चालित छ । आयोजनाका सरोकारवालाहरुको बीचमा आयोजनाको बर्तमान अवस्थाको जानकारी र आगामी चार वर्षको लागि सुझाव संकलन गर्ने उदेश्यले कार्यशाला आयोजना गरिएको हो ।
सन २०२१ नोभेम्वरबाट सुरु भएको यो आयोजना सन २०२२ जुनसम्म कर्णालीका ८ वटा स्थानीय तहहरुमा कार्यान्वयन भईसकेको छ । चालु आर्थिक वर्षमा कर्णालीका थप २१ वटा स्थानीय तहमा आयोजना विस्तार हुने क्रममा छ ।
प्रतिक्रिया