उमेर पुगेर विवाह गरे जनही १० हजार पुरस्कार

उमेर पुगेर विवाह गरे जनही १० हजार पुरस्कार

कालिकोट – जिल्लाको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार दिने निर्णय गरेको हो ।

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो ।

उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताउनुभयो ।

प्रतिक्रिया