उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ। बैठक शुक्रबार बिहान साढे ११ बजेका लागि तय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले  बताउनुभयो  ।

पार्टी केन्द्रीय कायौलय बसुन्धारामा बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीको सहभागीताबारे छलफल गर्ने छ । ‘बिहान साढे ११ बजेका लागि पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछौं,’ बुर्लाकोटीले भन्नुभयो , ‘उपराष्ट्रपति निर्वाचनबारे औपचारिक निर्णय नभएपनि पार्टीका साथिहरूसँग छलफल गरेर एउटा समझदारी बनाउँछौं ।’

उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । रास्वपाले गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो ।

उपराष्ट्रपति चुनावमा पनि ४ जना उम्मेदवार छन्। निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति चुनावको लागि चारजना उम्मेदवार रहेको मतपत्र बिहीबार सार्वजनिक गरेको छ ।

त्यसबेला बहिष्कार गरेका मधेशकेन्द्रित दलहरुबाट अहिले तीन जना उम्मेदवार छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारीको नाम मतपत्रमा छ ।

जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि उम्मेदवारी निष्कृय भएको घोषणा गरेकाले उनको नाम पनि आयोगले मतपत्रमा भने राखेको छ ।

अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन छ ।

प्रतिक्रिया