च्याछरा खण्डको सडक बन्द हुने

च्याछरा खण्डको सडक बन्द हुने

सिमकोट – कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकखण्डको च्याछरा क्षेत्रको सडक बन्द हुने भएको छ। च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि हुने भएकाले सडक हुन्द हुने भएको हो ।

नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले सिमकोट–हिल्सा सडकको च्याछरा खण्डको सडक बन्द हुने बताउनुभयो ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक चैत ५ गतेदेखि १२ गतेसम्म आंशिक र १२ गतेपछि पूर्णरूपमा यातायातका साधन सञ्चालन गर्न नपाइने गरी बन्द गरिने भएको छ। हिल्सा–सिमकोट सडकको नाम्खा गाउँपालिकाको च्याछरादेखि पातीहाल्नसम्मको सडकको स्तरवृद्धि गरिने भएकाले सडक बन्द हुने भएको हो ।

अधिकृत शाहीले सो खण्डको सडक निर्माण पूरा नहुन्जेल वा अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको बताउनुभयो । हाल सो खण्डमा यातायात सुचार हुँदै आएका छन् । गाउँपालिकाले सडक बन्द कार्यले यातायातका साधन तथा यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ। उक्त सडक हिल्सा–सिमकोट सडक आयोजनाले स्तरवृद्धि गर्न लागेको हो ।

प्रतिक्रिया