आगलागीबाट घाइते भएका चार जनालाई भारत लगियो

आगलागीबाट घाइते भएका चार जनालाई भारत लगियो

सल्यान –  यहाँको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको किराना पसल जलेर घाइते भएका तीन जनालाई उपचारका लागि भारत लगिएको छ ।

तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा आगलागी हुँदा घाइते भएका चार जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको हो ।

घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई मेडिकल कलेज कोहलपुरले रेफर गरेको थियो । त्यसपछि थप उपचारका लागि लख्नऊ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

रेफर गरिएकाको अवस्था जटिल रहेको उहाँले जानकारी दिनुभयो । उनका अनुसार क्षेत्रमणि रानाको अवस्था भने सामान्य छ । गएराति साढे ८ बजे पसलमा बसिरहेका बेला एक्कासी आगलागी हुँदा जलेर कुमाख गाउँपालिका ४ भण्डारखोलाका उनीहरू घाइते भएका थिए ।

प्रतिक्रिया