रुकुम महोत्सवको आम्दानी ४५ लाख

रुकुम महोत्सवको आम्दानी ४५ लाख

रुकुम पश्चिम- जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरामा संचालन भएको रुकुम महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । आयोजकले आज मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । आयोजकका अनुसार महोत्सवको कुल आय ४५ लाख रहेको छ ।

टिकेट, स्टल र अन्यबाट गरी ४५ लाख आम्दानी भएको महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार ४२ लाख ७२ हजार खर्च भएको छ । मुसिकोट नगरपालिकालाई कर २ लाख, बजारका व्यापारीलाई १ लाख, कलाकार खर्च २० लाख, विभिन्न व्यक्ति तथा निकायलाई सहयोग ७२ हजार, होटल खर्च ४ लाख रहेको संयोजक परियारले बताउनुभयो ।

त्यस्तै टेण्ट, स्टेज, साउण्ड, घेरबार लगायतमा १४ लाख र अन्य खर्च १ लाख रहेको उहाँले बताउनुभयो । २ लाख २८ हजार जति नाफा भएको उहाँको भनाई छ । यो प्रारम्भिक विवरण रहेको र सबै हिशाव किताब हुन बाँकी रहेकाले यसमा केही तल माथि हुन सक्ने परियारले बताउनुभयो ।

फागुन २६ गतेबाट सुरु भएको महोत्सव चैत्र ७ गते १२ दिन चलेर सकिएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।-कखरा

प्रतिक्रिया