वालबिकास शिक्षकहरुलाई ५ दिने तालिम सम्पन्न

वालबिकास शिक्षकहरुलाई ५ दिने तालिम सम्पन्न

दैलेख –  दैलेखको भगवतीमाइ गाउँपालिकामा सिकाइ सहजिकरणको लागि शिक्षकहरुलाई तालिम दिइएको छ ।  वर्ल्ड भिजन ईट्रनेश्नल नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा भगवतीमाई गाउँपालिकामा संचालित बाल स्पोन्सरसिप समावेसि तथा गुणस्तरीय शिक्षा कार्यक्रमको आयोजनामा बदलिदो पाठ्यक्रम र नयाँ अवधारणा अनुसार वालबिकासलाई सिकाई सहजिकरणको लागि भगवतिमाई गाउँपालिका वडा न २ देखि ६ सम्मका १६ विद्यालयका २० जना शिक्षकहरुलाई ५ दिने तालिम दिईएको सोसेक नेपालका शिक्षा अधिकृत जनक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार तालिम दैलेखको पञ्चकाशी होटलमा संचालन भएको थियो । तालिमको सहजिकरण सोतोगुराँस सिकाई केन्द्रको राधा मल्ल तथा ललि बारघरेले गर्नुभएको थियो । तालिममा वालविकासको अवधारणा, सिकाईकुना, शैक्षिक सामाग्री उत्पादन, पढाईशिप चरण बालविकास निर्देशिका ,सहभागितामुलक सिकाई जस्ता विषयमा सहजिकरण गरिएको थियो । त्यस्तै नारायण नगरपलिकको वालमन्दिर वालबिकास केन्द्र म अध्यन अवलोकनको लागि लगि छलफल गरिएको थियो ।

 

सहभागिरुको उत्साहजनक सहभागिता रहेको र यस तालिमले हामिलाई मार्गदर्शन हुनेकाुरा तालिमको सहभागी शुकुमा विसिले बताउनुभयो । त्यस्तै पान्सरा शाहिले तालिम त हतारमा धेरै गरियो तर यस्तो राम्रोसगँ वालबिकासको तालिम लिएको यो पहिलो पटक हो ।

हामिले वालविकास चिनेकारहेनछौँ आव बल्ल बालबिकासको अवधारण बुझियो । त्यस्तै अर्को सहभागी भुमिसरा चन्द शाहीले आव हामी बालविकासको लागि नजानेर पढाउने गरेका थियौँ आव जानेर पढाउने भएको कुरा बताउनुभयो । सहभागिहरु सुरुको दिन निराश भएर तालिममा सहभागी भएकोम आज अन्तिमदिन सबै खुशि देखिन्थे हरेक वालबिकासको शिक्षकहरुले कोहि पढाइ सामाग्रीहरु आफैले उत्पादन गरि वालविकासको लागि लिएर गएकाछन् ।

प्रतिक्रिया