जाजरकाेटमा बेलिब्रिज भाँचिदा दुईकाे ज्यान गयाे

जाजरकाेटमा बेलिब्रिज भाँचिदा दुईकाे ज्यान गयाे

जाजरकाेट – जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाकाे ज्यान गएकाे प्रहरी जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हाे । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ । प्रहरी र स्थानीयले उद्धार गरिरहेकाे घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेको उहाँले भन्नुभयाे ।

प्रतिक्रिया