ब्याडमिन्टनमा इश्वर र कबिन्द्रको जोडी प्रदेश प्रथम

          |   प्रकाशित मितिः शनिबार, बैशाख १६, २०८०     ::: 735 पटक पढिएको   |  

सुर्खेत –  राष्ट्रिय लेखा दिवसको अवसरमा सुर्खेतमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा कर्मचारी तर्फ इश्वर रावल र कबिन्द्र पुन प्रथम भएका छन् । आज भएको फाइनलमा महेन्द्र सिंह र खगेन्द्र माझिको जोडीलाई पराजित गर्दै इश्वर र कबिन्द्रको जोडी प्रथम भएको हो ।

कर्णाली प्रदेश भित्रका कर्मचारीले प्रतिस्पर्धा गरेका थिए । विजेता जोडीले २२ हजार २ सय २२ रूपैयाँ पुरस्कार पाउँदा उपविजेता जोडीले ११ हजार १ सय ११ रूपैयाँ पाएको आयोजक प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । दिवसको अवसरमा खुला, भेट्रान र वि लेभल स्तरीय ब्याडमिन्टन पनि आयोजना गरिएको थियो ।



Leave a comment

Your email address will not be published.


*