दैलेखको दुल्लुमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

दैलेखको दुल्लुमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

दैलेख –  दैलेखको दुल्लु नगरपालिकामा दुल्लु भैरवी पालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विश्व सहयोग ग्रुपको आयोजना दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको प्रर्बदकमा सम्पन्न भएको हो । वैशाख १६ गतेबाट १९ गतेसम्म संचालन भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको बताइएको छ ।

नयाँ वर्षको शुभकामना सहित दैलेख जिल्लाको आन्तरिक पर्यटन तथा धार्मिक सम्पदाहरुको संरक्षण, सम्र्बदन तथा युवा जाागरण गर्ने मुल उदेश्यका साथ आयोजना गरिएको बताइएको छ ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि,  प्रतिनिधि सभा सांसद सिता कुमारी रानाले खेलाडी र खेल जगतलाई माथि उठाउन आवश्यक रहेको बताउनुभयो । सांसद रानाले भन्नुभयो, हामी जबसम्म यो देशलाई अनुशासित बनाउनका लागि हामी यो देशका युवाहरु अनुशासित गरेनौ र खेलकुदलाई राम्रोसँग बुझेनौ भने हाम्रा उत्पादन भएका युवाहरु खेलक्षेत्रमा अगाडी बढ्न सम्भव छैन ।

यहाँका जनप्रतिनिधिले पनि युवाको बारेमा सोच्न आवश्यक रहेको बताउनुभयोे । खेल पेशा अनुशासित भएकाले खेलाडि पनि अनुशासित हुनुपर्ने उहाँले बताउनुभयो । दैलेखको खेल क्षेत्रको लागि आफु सांसद भएको हैसियतले यहाँका खेल क्षेत्रका समस्या संसदमा उठाउने प्रतिबद्धता गर्नुभयो ।

प्रतियोेगितामा प्रथमलाई ४० हजार, द्धितिय २५ हजार, तृतिय १५ हजार र सान्त्वना पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा दुल्लु नगरपालिका -१३ प्रथम , द्धितिय दुल्लु नगरपालिका -७, तृतिय निराजन रावल हरियाली समुह दुल्लु नगरपालिका -६, र सान्त्वना लक्षमण खड्का दुल्लु नगरपालिका -१० रहेका छन् ।
रेफीमा रेशम प्रसाद रिमाल, तेज बहादुर शाही, विवस योगी रहनुभएको थियो ।

 

प्रतिक्रिया