आगलागीमा परी बाटो खन्दै गरेका कामदारहरु घाइते

आगलागीमा परी बाटो खन्दै गरेका कामदारहरु घाइते

दैलेख – बनमा आगलागी हुँदा दैलेखमा बाटो खन्ने काममा जुटेका आठबीस नगरपालिका–६ सिगासैनमा १२ जना कामदारहरु घाइते भएका छन् ।

स्थानीय सामाजिक अगुवा दयाराम बिकले दिनुभएको जानकारी अनुसार आठबीस नगरपालिका–६ सिगासैनका ३५ वर्षीय भैरे भन्ने भीमबहादुर बिक, ३४ वर्षीय प्रकाश बिक, ३० वर्षीया बसन्धुरा बिक र ३२ वर्षीया जुना आगलागीमा परेर अन्त्यन्तै जोखिममा पर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा आठबीस नगरपालिका–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरुले काम गरिरहेको बेला जंगलमा तलतिरबाट एक्कासी आगोको लप्काहरुले आएर कामदारहरु घाइते भएका आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले जानकारी दिनुभयो ।

घाइतेहरुको प्राथमिक उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याइएको र गम्भीर घाइते चार जनाको थप उपचारका लागि हेलिकप्टर झिकाउने प्रयास आठबीस नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख देवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया