आगलागीका घाइते मध्ये एकको ज्यान गयो, सात जनाको उपचार चल्दै

आगलागीका घाइते मध्ये एकको ज्यान गयो, सात जनाको उपचार चल्दै

दैलेख – आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा परी प्रधानमन्त्री रोजगार कार्यक्रमको गोरेटो बाटो खन्ने क्रममा घाइते भएका १० मध्ये एकजनाको उपचारको क्रममा ज्यान गएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा गए राति ज्यान गएको डा. आश्रिन सिद्धिकीले जानकारी दिनुभयो ।

आगलागी गम्भीर घाइते ८ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पु¥याइएमा ७ जनाको नेपालगञ्जका भेरी अस्पताल र नरसिंह कलेजमा उपचार थालिएको छ । घाइते मध्ये ३० वर्षीय नबिन बिकको भेरी अस्पताल र ३१ वर्षीया बसन्धुरा विकको चाहिँ नरसिंह कलेज आईसीयूमा राखी उपचार थालिएको छ ।

घाइतेहरु मध्ये आगलागीमा शरीर केही कम मात्रामा जलेका भनिएका अरु पाँच जनाहरु १९ वर्षीया जौकला बिक, १८ वर्षीया छत्रा बिक र १८ वर्षीय मोतिराम बिकको नरसिंह कलेज अनि २९ वर्षीय प्रज बिक र २३ वर्षीया नैना बिकको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठबीस–६ सिंगासैनको अइढुंगादेखि तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते भएका थिए । यसअघि घाइतेहरूको प्राथमिक उपचार राकमको स्वास्थ्य चौकीमा भएको थियो ।

तुसारपानी गोरेटो बाटो खन्ने काममा कामदारहरूले काम गरिरहेको बेला वनको तलतिरबाट एक्कासी आगोको लप्काले भेट्दा उनीहरू घाइते १० जना मध्ये दुई २३ वर्षीया जुना बिक, २४ वर्षीया मीना बिक चाहिँ राकमको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि घर फर्किनुभएको थियो ।

आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवाल, उपमेयर कल्पना थापा लगायतका संघीय सासदहरु दिक्पालकुमार शाही, सीता राना र प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री कृष्णकुमार बीसी समेतको पहलमा घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार र हेलिकप्टर झिकाएर नेपालगञ्जसम्म पठाइएको थियो ।

आगोले पोलिएकाहरुको नेपालमा राम्रो उपचार हुने काठमाण्डौंको किर्तिपुरस्थित बर्न अस्पतालमा पु¥याउने भनिए पनि अति जोखिममा रहेका आठ जना घाइतेहरुलाई दुई खेपमा ल्याउनु परेको कारण हेलिकप्टरले नेपालगञ्ज छोडेपछि भेरी अस्पताल र नरसिंह कलेजमा उपचार थालिएको हो ।

घरकै आफन्त नहुँदा उपचार प्रभावित
हेलिकप्टर दुई खेपमा घाइतेहरु ल्याउदा कुरुवा एकै पनि नल्याएको कारण नेपालगञ्जमा रहेका आफन्तहरुले औषधि खर्च र रेखदेख गरिहेका छन् । परिवारका नातेदार नभएका कारण मृतक भैरे बिकको शव बुझाउन र अरु घाइतेहरुको कुरुवाको नाम खाली राखेर अस्पतालहरुले उपचार गरिरहेका छन् ।

परिवारकै नातेदारहरु नभएको कारण अप्रेशन गराउन कुरुवाको सहीछाप गराएर अप्रेसनको काम नथालिएको भेरी अस्पतालका डा. रुपानन्द अधिकारीले बताउनुभयो ।

हेलिकप्तरले कुरुवा कोही नल्याएको, अस्पतालले परिवारकै नातेदार खोज्ने समस्याले घाइतेहरुको उपचार पनि प्रभावित भएको आठबीस नगरपालिका–६ सिंगासैन घर भएका काम विशेषले नेपालगञ्ज आएको मौकामा विरामी भेट्न पुगेका खगेन्द्र शाहीले बताउनुभयो ।

‘बिरामीका कुरुवा पनि छैनन्, पोलिएर जखम भएका घाइतेहरुलाई औषधि चलाइरहनु प¥यो । अस्पतालमा भेट्न जाने नेपालगञ्ज भएका दैलेखीहरुलाई अस्पतालले यो यो मान्छेलाई यो यो औषधि ल्याइदिनुस् भनी डाक्टर प्रेसक्रिप्सन थमाउछन् अनि शुभचिन्तकहरु औषधि किनी दिने गरेका छन्’ बिरामी भेट्न नरसिंह कलेज पुग्नुभएका महेश बिकले सुनाउनुभयो ।

उपचार प्रभावित हुन नदिने उपमेयरको तत्परता
परिवारकै नातेदारहरु नभएको कारण मृतकको शव बुझायने, अप्रेशन गराउन जिम्मेवारी बस्ने र उपचार चलिरहेका घाइतेहरुका कुरुवा नहुँदा उपचार प्रभावित नहोस् भनेर घाइतेहरुका परिवारजनलाई लिएर आफै नेपालगञ्ज आउदै गरेको आठबीस नगरपालिका उपमेयर कल्पना थापाले जानकारी दिनुभयो ।

‘अस्पतालको पनि समस्या होला, हेलिकप्टरले परिवारजनलाई ल्याइदिएन । मृतकको शव बुझायने, अप्रेशन गराउन जिम्मेवारी बस्ने र उपचार चलिरहेका घाइतेहरुका कुरुवा लिएर पुग्दैछौं । उपचार कमी हुन दिन्नौं’ उपमेयर थापाले भन्नुभयो ।

प्रतिक्रिया