विद्यार्थी यार्सा टिप्‍न लेकतिर उक्लिन थालेपछि विद्यालय विदा

          |   प्रकाशित मितिः सोमवार, जेष्ठ १, २०८०     ::: 49 पटक पढिएको   |  

कैलाली-  बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि असारसम्मका लागि बन्द भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा संकलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएको हो ।

अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनुभयो । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरू यार्सा सङ्कलनमा गएपछि बन्द गरे जस्तै भएका छन् ।

उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भई यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।

 



Leave a comment

Your email address will not be published.


*