गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

सुर्खेत –   रंङ्गीन राता मनै लोभ्याउने रातो रङ्गका फुलहरु । हेरिरहुँ देखिरहुँ लाग्ने गुलमोहरले परिचित छ । फ्रान्समा ‘स्वर्गको फुल’ भनेर उपमा दिइन्छ । वीरेन्द्रनगरका सडक किनारमा फक्रिरहेका यी फुल नजिक पुग्दा जो कोहीलाई अनुभुती हुन्छ साँच्चिकै स्वर्गमा पुगेजस्तो ।

सडकहरु प्राय भरिभराउ हुन्छन् । अघिपछि प्राय सुन्य रहने यि सडकहरुमा गुलमोहरसँग रामाउनेको भिड देख्न सकिन्छ । खाली सडक छेउ गुलमोहरका कारण झकिझकाउ छन् । सडकका दुई किनारामा लाईनबद्ध रोपिएका यि फुलले वीरेन्द्रनगरका सडकको सोभा नै फेरिएको छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जोकोहीलाई मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ । हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सुनसान सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ ।

फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ ।

गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ । यहीँ सिजनमा कुइनेपानी घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेकागुलमोहरलाई पृष्ठभूमिमा पारेरे दैनिक सयौँजना तस्बिर खिच्नेको भीड लाग्ने गर्छ ।

अहिले घण्टाघर–नगरपालिका खण्डमा यात्रा गर्ने जोकोही गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाउँदैन् ।
निकै आकर्षक रुपमा वीरेन्द्रनगरमा ढकमक्क फुलेको गुलमोहरको बोटमुनि युवायुवतीको सेल्फीमोह निकै बढेको छ । विभिन्न सामाजिक संचालमा युवायुवतीले भाइरल गराएका छन् ।

घरमा बस्दा बस्दै दिक्क भएर मनमा अशान्ति मच्चाए पनि गुलमोहरलाई नजिकै गएर निहाल्ने वित्तिकै मनमा नयाँ उल्लास र नयाँ उर्जा पलाउने वीरेन्द्रनगर ३ का कमल बिष्ट बताउँनुहुन्छ ।

गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यस्का विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकिय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका २ का रुपेश चन्दको भनाई छ ।
यि फुलहरु फुलेमा निकै आर्कषक देखिन्छन्,’चन्दले भन्नुभयोे,‘कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर थुप्रै पर्यटकिय सम्भावना रहेकाले गुलमोहरका विरुवालाई यहाँका अन्य पर्यटकिय स्थलमा वृक्षरोपण गरेमा अझै पर्यटकहरुको घुँइचो लाग्ने देखिन्छ ।’

 

 

प्रतिक्रिया