आफैले खेलाउँदै गरेको पड्किएर बन्धुकको गोलीले ज्यान गयो

        अमर सुनार   |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०८०     ::: 69 पटक पढिएको   |  

दैलेख – दैलेखमा आफैले खेलाउँदै गरेको पड्किएर बन्धुकको गोलीले ज्यान गएको छ ।

नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ को कर्णबहादुर बुच्चा मगरले हिजो साँझ घरमा कोही नभएको बेला भरुवा बन्दुक खेलाउँदै गरेको पड्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।

बन्धुकको आवाज सुनिएपछि कर्णबहादुरको घरमा पुग्दा घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दा भक्तबहादुर थापाले ईलाका प्रहरी कार्यालय नौमुले दैलेखमा खवर गर्नुभएको अनुसार प्रहरीले घटना स्थलमा भरुवा बन्दुक फेला पारेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी लम्सालले बताउनुभयो ।

 



Leave a comment

Your email address will not be published.


*