बालविवाह अन्त्य गर्न साझा प्रयास आवश्यक

बालविवाह अन्त्य गर्न साझा प्रयास आवश्यक

सल्यान –  सल्यानमा बालविवाह अन्त्यका लागि साझा प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागिताहरुले बताएका छन् । फास्टेन एक्सनको आर्थिक सहयोग, आवाज संस्था सुर्खेतको आयोजना र दलित विकास समाज सल्यानको स्थानिय व्यवस्थापनमा भएको बालविवाह बिरुद्धको साझा अभियान संजालको सल्यानका पदाधिकारीको क्षमता विकास तालिमका सहभागिताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले १३ बर्षदेखी १७ बर्षको उमेरमा धेरै नै बालविवाह हुने गरेको बताउदैँ यसको अन्त्यका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताएका हुन् । उमेर नपुगेरै विवाह गर्दा महिलाको पाठेघर खस्ने, बच्चाको हेरचाह नहुने, आमा र बच्चाको ज्यान जोखिममा पर्नसक्ने भएकाले बालविवाह अन्त्य गरिनुपर्ने उनीहरुले बताएका हुन् ।

शनिवार र आइतवार खलंगामा सञ्चालन गरिएको तालिमका सहभागिले जिल्लामा बालविवाह अझै अन्त्य हुन नसकेकाले अवको केहीबर्षमा नै बालविवाह अन्त्य गर्नका लागि सचेतिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् । तालिममा बसन्त श्रेष्ठ, पुस्कर शर्मा लगाएतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन महेश हिताङले गर्नुभएको थियो ।

 

प्रतिक्रिया