संघीयताको विकास मोडल परिवर्तन गर्न आवश्यक छ : शर्मा

संघीयताको विकास मोडल परिवर्तन गर्न आवश्यक छ : शर्मा

सुर्खेत-   कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको वर्तमान विकास मोडल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । अहिलेको विकास मोडल व्यवस्था अनुसारको नभएको शर्माले बताउनुभयो । बुधवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको पाँचौँ साधारण सभामा बोल्दै शर्माले व्यवस्थाको रक्षार्थका लागि पत्रकारिता जगतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भनाई थियो ।

‘हाम्रो उपलब्धिमाथि प्रहारहरू भइरहेका छन्’ उहाँले भन्नुभयो, ‘उपलब्धिको रक्षा र अहिलेको व्यवस्था अनुसार विकास मोडेलमा परिवर्तन गर्न आवश्यक देखिन्छ।’ मुख्यमन्त्री शर्माले जुन स्प्रिडमा संघीयता लागू हुनुपर्ने हो, त्यो अनुसार लागू नभएको पनि उनको भनाइ छ। यसलाई चिर्नका लागि सबै तहको भूमिका आवश्यक रहेको छ ‌।
साथै शर्माले अहिलेको व्यवस्थाप्रति नकारात्मकता विकास गर्ने प्रवृत्ति हाबी भइरहेको भन्दै त्यसलाई परास्त गर्न सङ्घीयताको औचित्य पुष्टि हुने आफूहरू लागिरहेको बताउनुभयो ।

साथै उहाँले समाजवाद एउटा म्याराथन दौड भएको र त्यो दौडमा हामी हिँड्नुपर्ने अहिलेको आवश्यक रहेको पनि पनि उल्लेख गर्नुभयो । साथै उहाँले अहिलेको शिक्षा प्रणाली अहिलेको समयमा सुहाउँदो नभएको बताउनुभयो ।‌ ‘शिक्षा प्रविधिमैत्री हुनु आवश्यक हुन्छ,’ शर्माले भन्नुभयो ।

प्रतिक्रिया