दैलेख र कालिकोटमा मनाइयो महिनावारी स्वच्छता दिवस

दैलेख र कालिकोटमा मनाइयो महिनावारी स्वच्छता दिवस

सुर्खेत –   कालिकोटको पलाँता गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा महिनावारी स्वच्छता दिवस मनाइएको छ ।  पलाता गाउँपालिका महिला शाखा, वास इकाई, किडार्क नेपाल र सोसेक नेपालको संयुक्त आयोजनामा महिनावारी स्वच्छता दिवस मनाइएको हो ।

सम्मानित महिनावारी हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ पलाता गाउँपालिका -९ थिर्पुमा मनाइएको आधार परियोजना कृषि प्राबिधिक बखत दुलालले बताउनुभयो ।

उहाँका अनुसार महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी विभेद अन्त्य गर्नका लागि पत्र लेखेर घरघरमा टास्ने बालबालिका र अभिभावकलाई उचित पुरस्कार र सम्मान गर्ने बताइएको छ ।

त्यस्तै दैलेखको महाबु गाउँपालिकामा पनि महिनावारी स्वच्छता दिवसको अबसरमा धामी, पुजारी , महिला बालबालिका सरोकारवाला सग अन्तरक्रिया कार्यक्रम गरिएको छ । महाबु गाउँपालिका वडा नम्बर १ मा गठित गठित महिला सन्जाल को आयोजनामा उक्त दिवस मनाइएको थियो ।

हेलभेटास नेपालको आर्थिक सहयोग महाबु गाउँपालिकाको समन्वय र सोसेक नेपालको सहजिकरण र महिला संजालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया