म

म ‘म’ नै हुँ मेरो आफ्नै जीवन छ

म ‘म’ नै हुँ मेरो आफ्नै संसार छ

कसरी भन्छौ तिमी,

मेरो पुरानो नाता अब मेरो होइन अरे

जस्को रगत मेरो शरिरमा बगेको छ

त्यो पहिचान अब मेरो छैन अरे

मेरा सपना साकार गर्न

अब मैले तिम्रो अनुमति लिनु अरे।

तिमीले बनाइ दिएको परिधि भित्र

अब मैले जिउनु अरे

तिमीसंग नाता जोड़े पछि

मैले आफ्नो परिचय फेर्नु अरे

तर म फेरि पनि भन्छु

मेरो पहिचान नफेरि देउ

मेरो स्वाभिमान नबेचिदेउ

म ‘म’ नै हुँ मेरो आफ्नै नाम छ

म ‘म’ हुँ मेरो आफ्नै स्वाभिमान छ

 

 

 

प्रतिक्रिया