भत्ता लिएर राउटेले तिरे ऋण

भत्ता लिएर राउटेले तिरे ऋण


राउटे महामुखिया महिनबहादुर शाहीले भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भक्तिवन सन्यासीको हातबाट भत्ता पाए । दुई महिनाको ४ हजार बुझेका उनी आफुले खाएको ऋण तिर्नका लागि बजारतिर हिडिहाले । महामुखिया जस्तै अरु राउटे पनि भत्ता बुझेसंगै बजारतिर लागे ।
नयाँ ठाँउमा सरेर नारायण नगरपालिका र भैरवी गाउँपालिकाको संगमस्थल छामघाट पुल नजिक जंगलमा बसेका राउटेहरु भत्ता बुझेर खानपानकै लागि उनीहरु जुटेका थिए । भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृतदेखी कर्मचारी बस्ती पुगेर राउटेहरुलाई भत्ता दिएका थिए । भत्ता वितरणमा भैरवी गाउँपालिका १ का वडाअध्यक्ष काशीराम कार्कीले सरकारबाट प्राप्त रकम बस्ती पुगेर वितरण गरिएको बताए । हामीहरुलाई सरकारले भत्ता बेलाबेलामा पठाएर राम्रो काम गरेको सुर्यनारायण शाहीले बताए । खाने खर्च नहुँदा उधारोमा काम चलाएका थियौ । मुखिया शाहीले भने, भत्ता बुझेसंग खानपान र पहिले खाएको तिर्नमै ब्यस्त छौं । भत्ता बुझेसंगै बस्तीमा खुसीयाली छाएका छन् । उनीहरु खसि मिलेर किन्ने र खाने योजनामा राउटेहरु छन् । बस्ती पुगेर राउटेहरुलाई भत्तादेखी सरसफाईका उपायसम्म सिकाउने गरेको गाउँपालिकाका कर्मचारी घनश्याम रिजालले बताए । अहिले राउटे बस्तीमा १ सय ४८ जनसंख्या छन् ।
क्याप्सन ः भत्ता बुझ्दै राउटे मुखिया ।

प्रतिक्रिया