बद्रीले गाए दैलेख समृद्धीका भाका

बद्रीले गाए दैलेख समृद्धीका भाका

‘लौन नेता ज्यू, दैलेख तिर आउन कहिले काँही, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिले झैँ ।’ कार्यक्रम संचालकले स्टेजमा बोलाउन वित्तीकै बद्रि पंगेनीले यो गित गाइहाले । यो गित सुरु गरेसंगै दर्शकहरु एक्कासी जुर्मुराए । दैलेख जिल्ला भित्र रहेका सम्भावनाहरुलाई इंकित गर्दै बद्रीले भने ‘श्रीस्थानमा बलिरहेको पट्रोल कहिले उत्खनन् हुन्छ ? दैलेख समृद्धीका भाका गाएका बद्रीले एकै छिनमा दर्शकहरुलाई भावुक बनाए । ‘आमा बिदा पाइएन अहिलेको सालपनी आउन पाइएन’ बोलको गित गाएपछि मेला हेर्न आएका अधिकांश आमा, दिदिवहिनीहरुले आँखाबाट आँसु बगाए । बद्री पंगेनीले स्टेजमा पुग्नासाथ विदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन ।
धेरैले आफ्नो मोवाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले । पंगेनीले नारी वेदनासँग सम्बन्धित गीतहरु गाउन थाले । उनले बुबाहरुका लागि ‘जेठो छोरो काँ छ काँ छ माइला छोरो आर्मीमा भर्ती भाको छ, जुन छोराले जे गरेनी मै बुढाको टाउको खाको छ’ गित गाउदा महोत्सब हेर्न आएका बुढा बाबाहरुको आखाँबाट आसु नै झारे ।
दैलेखको शान, पर्यटकिय क्षेत्रको प्रचार प्रसार हाम्रो अभियान भन्ने मुल नाराका साथ रिर्पोटर्स क्लब दैलेख शाखाको आयोजनामा गरिएको दैलेख साँस्कृतिक महोत्सब हेर्न आएका हजारौं दर्शकलाइ जनताका गायक भनेर चिनिने कलाकार बद्री पंगेनीले सुरुमा सबैलाइ भावविह्वल पारे ।
दैलेख साँस्कृतिक महोत्सबको तेस्रो दिन बद्रीले गीत गाउन शुरु गरे लगत्तै महोत्सव हेर्न आएका थुपै आमा रुन थालेका थिए । आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन् । माइकको छेल पारी आफ्नो आँखाको आसु पुछे । दैलेखमा साँस्कृतिक महोत्सव चलिरहंदा विदेशमा रहेका छोराले दैलेखको सम्झना गरिरहेको भन्दै बद्रीले गित मार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोएका हुन ।
आंफुले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउंदै बद्रीले मन्चबाटै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए । ‘कसैका छोराछोरी पनि विदेश जान नपरोस, नेपालमै आमाबाबुसँगै बस्ने पाइयोस् ।’ बद्रीले, ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’ मञ्च प्रवेशसंगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाएका थिए ।
मेला हेर्न आएका हजारौं दर्शकलाई बद्रीले मन थिएन जोगी बन्नलाई, ससुरालीमा जस्ता लोकप्रिय गीत गाएर उनले दर्शकलाई मात्र होइन आयोजकलाई समेत नचाए । आफै समेत नाच्दै निस्किएका उनलाई महोत्सव हेर्न आएका युवा, बृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए ।
महोत्सवको तेस्रो दिन दैलेखका कलाकार राजु केसी, कलाकार एंव पत्रकार धनराज बास्तविक तथा स्थानीय नृत्य समूहहरुले बेजोड प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया