सक्रिय शिक्षण सिकाई सम्बन्धि तालिम

सक्रिय शिक्षण सिकाई सम्बन्धि तालिम

दैलेख – दैलेख जिल्लाका २२ वटा आधारभुत विद्यालयका शिक्षकहरुलाई सक्रिय शिक्षण सिकाई सम्बन्धि ५ दिने तालिम प्रदान गरिएको छ । गत विहिवारबाट सुरु भएको तालिम सोमवार सकिएको हो । जिल्ला शिक्षा कार्यालय दैलेखको समन्वय तथा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझदारीमा सञ्चालित सहयात्रा परियोजनाको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो । सहयात्रा परियोजनाको कार्यक्षेत्रमा रहेका २२ वटा आधारभुत विद्यालयका २२ जना शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको बताइएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय दैलेखको निमित्त जिल्ला शिक्षा अधिकारी हरि बहादुर खत्रीले अध्यरोलाई हटाउने माध्ययम भनेको शिक्षा क्षेत्र भएको बताए ।

उनले तालिममा सहभागि शिक्षकहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न उनले आग्रह समेत गरेका छन् । यस्तै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महासचिव नैन बहादुर शाहीले तालिममा प्रदान गरिएका विषयहरुलाई फिल्डमा गएर लागु गर्न अनुरोध गरेका छन् ।
५ दिन सम्म संचालन भएको तालिमको सेभ द चिल्ड्रेनका शिक्षा अधिकृत उमेश कुमार वि.क. र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका शिक्षा अधिकृत मोहन पौडेलले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया