जोखिममा दुई बालिका

जोखिममा दुई बालिका

दैलेख–गुराँस गाउँपालिका वडा नं. ३ खड्गवाडाका दुई बालिका पनि जोखिममा रहेको पाइएको छ । सोहि ठाउँका १३ बर्षियष पुजा वि.क. र ९ बर्षिया फुलमाया वि.क. जोखिममा रहेको पाइएको हो ।

अहिले १३ बर्षिया पुजा वि.क. कक्षा ५ मा पढ्दै आएकी छिन्, भने ९ बर्षिया फुलमाया वि.क. कक्षा २ मा पढ्दै आएकी छिन् । दुई बालिकाको बुबा प्रदिप वि.क.को मृत्यु भएको र आमा ५ बर्ष देखि बेपत्ता भएका कारण उनिहरु जोखिममा रहेका छन् । अहिले दुई बालिका मामा घरमा बसेर पढ्दै आएको बताइएको छ ।
 जोखिममा रहेका दुई बालिका मध्ये पुजा वि.क.लाई सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाले सन २०१५ मा छात्रबृति प्रदान समेत गरेको थियो । त्यसपछिका शैक्षिक सत्रहरुमा विद्यालय भर्ना भएपनि पोषाक, कापी, कलम जस्ता शैक्षिक सामग्र्री नहुँदा पढाईमा समस्या भएको बालिका पुजा वि.क.ले बताइन् ।

जोखिममा रहेका बालबालिकाहरु पहिचान गरि त्यस्ता बालबालिकाहरुलाई गाउँपालिकाले सहयोग गर्नुपर्ने बाल संरक्षण संजाल नेपाल कर्णाली प्रदेशका संयोजक हीरासिंह थापाले बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख सहयात्रा परियोजनाका कार्यक्रम निर्देशक नवराज विसीका अनुसार २०१८ को कार्यक्रमबाट निजहरुलाई छात्रबृति प्रदान गरिने बताएका छन् ।

प्रतिक्रिया