मुलुकका १७ सय वडामा स्वास्थ्य संस्था छैनन्

मुलुकका १७ सय वडामा स्वास्थ्य संस्था छैनन्

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मुलुकका एक हजार सात सय वडामा स्वास्थ्य संस्थाको उपस्थिति नरहेको बताएकी छन्  मुलुकमा ६ हजार ७ सय ४३ वडाहरू छन् । एउटा नगरपालिका/गाउँपालिकामा २–३ वटासम्म स्वास्थ्य निकाय, अस्पताल पर्ने देखिएकै समय एक हजार सात सय वडा भने स्वास्थ्य संरचना शून्य रहेको उनले पत्रकारहरूसँगको अन्तक्र्रियामा बताएकी हुन् । स्वास्थ्य मन्त्रालयको पुन:संरचनाबारे छलफलसमेत जारी रहेको अर्यालले उल्लेख गरिन् । स्वास्थ्य क्षेत्रमा देखिएका यस्ता असमानता हटाउन मन्त्रालयले पहल थालेको उल्लेख गर्दै उनले छिट्टै प्रदेशका स्वास्थ्य मन्त्रीहरूको बैठकसमेत बस्ने बताइन् ।

प्रतिक्रिया