मानव अधिकार सम्बन्धि चलचित्र प्रर्दशन
दैलेख चैत्र १३ –मानव अधिकार सम्बन्धी प्रदेश स्तरीय चलचित्र प्रर्दशन गरिएको छ । मानव अधिकार चलचित्र केन्द्रद्धारा निर्माण गरिएका तिन वटा चलचित्र प्रर्दशन गरिएको हो । जिल्ला समन्वय समिति दैलेखको आयोजनामा चलचित्र प्रर्दशनमा गरिएको छ । नेपालमा छोरा र छोरी माथी गरिने बिभेद, छाउपडि प्रथा र व्यक्तिगत जीवन संग सम्बन्धीत चलचित्र प्रर्दशन गरिएको हो । प्रर्दशनमा सहभागीहरुले यस्ता चलचित्र दैलेखका दुर्गम गाउँमा प्रर्दशन गर्न आवश्यक रहेको बताए । दैलेखमा जातीय छुवाछुत र छाउपडि प्रथा व्यापक रुपमा भएकाले यस्ता चलचित्र स्थानीय स्तरमा नै प्रर्दशन गर्नु पर्ने सुझाव दिएका थिए । पत्रकार अमर सुनारले भने “स्थानीय स्तरमा जातीय छुवाछुत र छाउपडी प्रथा अन्त्यका लागी समाजीक संदेश दिने खालका चलचित्रहरु भएकाले अगामी दिनमा स्थानीय तहमा नै कार्यक्रम गर्नुपर्छ ।”
जिल्ला समन्वय समिति दैलेखका निमित्त प्रमुख बालकृष्ण केसीले चलचित्र मार्मिक र संदेश मुलक भएकाले यस्ता चलचित्र विभिन्न समय समयमा प्रर्दशन गर्नुपर्ने बताए । समाजमा बिद्यमान समस्यालाई समधान गर्नका लागी यस्ता चलचित्रको महन्वपुर्ण भुमिका हुने बताए । महिला तथा बालबालिका कार्यालय दैलेखकी कार्यालय प्रमुख पवित्रा पुरीले जिल्लामा जातीय छुवाछुत, छाउपडि प्रर्था तथा छोरा र छोरी माथी हुने विभेद विरुद्ध चलाइएका अभियानहरु प्रभावकारी हुन नसकेको बताइन् । उनले त्यस्ता अभियानहरु प्रभावकारी हुन सकेमात्रै मानवअधिकारको रक्ष ागर्न सकिने बताइन् । त्यसका लागि यस्ता चलचित्रहरु स्थानीय स्तरमा प्रदर्शन गर्न जरुरी रहेको औल्याइन् । जिल्लामा प्रर्दशन गर्दा अधिकारकर्मी आउने र अधिकारकर्मीले गाउँमा काम गर्दा प्रभावकारी हुन नसकेको भन्दै स्थानीय स्तरमा चलचित्र प्रर्दशन गर्न सके परिवर्तन सम्भव भएको बताइन । मानव अधिकार चलचित्र केन्द्रकी केन्द्रिय सदस्य तारा चाम्लिङले चलचित्रका बारेमा जानकारी दिएकी थिइन । गभरनेन्स फाकल्टीको आर्थिक सहयोगमा उक्त चलचित्र निर्माण गरिएको थियो ।
प्रतिक्रिया