जनप्रतिनिधिलाई विधि र प्रक्रियामा सघाउन आवश्यक

जनप्रतिनिधिलाई विधि र प्रक्रियामा सघाउन आवश्यक

दैलेख, चैत १४ – शिक्षा विभागका निर्देशक डा. दिपक शर्माले स्थानीय तहलाई शिक्षा सम्वन्धी सुधारका काम गर्न अधिकार दिएको बनाउनुभएको छ । जिल्ला शिक्षा कार्यालयमा आज आयोजित सूचनाको हक सम्वन्धी सरोकारवाला निकायसंगको अन्तरक्रियामा जनप्रतिनिधिहरुको अधिकारलाई समुचित प्रयोग गर्न शिक्षाका प्राविधिक टोलीले सघाउन आवश्यकता रहेको उहाँको भनाई थियो ।


सरकारी विद्यालयको शैक्षिक अवस्था सुधार गर्न राज्यका सबै निकाय प्रयत्नशील रहेको बताउदै उहाँले पछिल्लो समय शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षकहरुको लगनशीलता बढाउन पनि आग्रह गर्नुभयो ।  जिल्ला शिक्षा अधिकारी बिष्णुबप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार अमर सुनार, नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्ण थापा, विद्यालय निरीक्षक धीरेन्द्र शर्मा लगायतले शैक्षिक विकासमा सरोकारवालाको भूमिका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया