दलित नेता लालबीर सुनारको निधन

दलित नेता लालबीर सुनारको निधन

दैलेख, चैत १४ – दैलेखको दलित आन्दोलनका प्रणयता काँग्रेस नेता लालबीर सुनारको ९३ वर्षको उमेर आज निधन भएको छ । ५ वर्षदेखि दम रोगले थलिनुभएका उनको उपचारको क्रममा नेपालगञ्जमा निधन भएको हो ।
उहाँको पार्थिव शरीर हिन्दू संस्कार अनुसार राप्ती सिधनियामा आजै दाहसंस्कार गरिएको उहाँका जेठा छोरा धर्मबहादुर सुनारले जानकारी दिए ।
दलितहरुको मृत्यूको बेला शंख फुक्न र दलितहरुले महायज्ञ लगाउन पाउनु पर्ने भनी धार्मिक अधिकार अभियानका उनी प्रणयता हुन् । २०४० देखि करिव १० वर्षको अनवरत संघर्षपछि दैलेखमा अहिले सबै ठाउँमा गैरदलितले जस्तै दलितहरुको मृत्यू पनि शंख फुक्ने पाएका छन् ।
वर्गीय लालबीर सुनार २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी सेवामा प्रवेश गर्ने पहिलो दलित व्यक्ति हुन् । राणाकालमै २००६ मा नेपाली काँग्रेसको सशस्त्र समूह जनमिलिसियाबाट राजनीतिमा संलग्न हुनु भएको र सो समूह २०१२ मा नेपाल प्रहरीमा गाभिंदा उनले प्रहरी सेवामा प्रवेश गरेका थिए ।
२०३० सालमा नेपाल प्रहरीको हवल्दार पदमा सेवा निबृत भएपनि निरन्त काँग्रेसको राजनीतिमा जुटेका थिए । पश्चिम नेपालको जनमिलिसिया कमाण्डर बनेका काँग्रेस नेता रत्नबहादुर बिश्वकर्मालाई सफल योद्धाको रुपमा स्थापित गर्न लालबीर सुनारको महत्वपूर्ण योगदान रहेको काँग्रेस नेता जगतजंग थापाको भनाई छ ।
पञ्चायत कालमा पटक पटक गरी १२ वर्ष साविकको बसन्तमाला गाउँपञ्चायतको जनपक्षीय निर्वाचित वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेका उनी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका संस्थापक जिल्ला सभापति र संघको केन्द्रीय सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया