गुराँस गाउँपालिका अध्यक्षले गरे बाल श्रमिक बसेका बालकको उद्धार

गुराँस गाउँपालिका अध्यक्षले गरे बाल श्रमिक बसेका बालकको उद्धार

दैलेख चैत्र २१- कर्णाली प्रदेशको राजधानी सुर्खेतसंग सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले होटलमा बाल श्रमिकको रुपमा काम गर्दै आएका एक बालकको उद्धार गरेका छन् । गुराँस गाउँपालिका वडा नं. ६ का विर बहादुर वि.क. र कलसी वि.क.का छोरा १२ बर्षिया कलम वि.क.लाई सुर्खेतको छिन्चुमा रहेको एक होटलबाट उद्धार गरेका हुन् ।

सुर्खेतको छिन्चुमा रहेका होटलबाट बालकको उद्धारका क्रममा बालक संगै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली र उपाध्यक्ष दिपा विसी ।

अध्यक्ष वली काठमाण्डौमा भएको गाउँपालिका महासंघ नेपालको राष्ट्रिय भेलामा सहभागि भई दैलेख फर्कदै गर्दा छिन्चुमा रहेको होटलमा चिया खान पसेका थिए । उक्त होटलमा चिया खाँदै गर्दा बालकलाई देखेपनि घर र ठेगाना सोधेका थिए । घर र ठेगाना सोध्दा दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ६ मा भएको बताए पछि अध्यक्ष वलीले बालकको उद्धार गरि ल्याएका हुन् । दैलेखको गुराँस गाउँपालिकामा रहेको जयजनता माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने गरेको बालक कलम वि.क.ले बताएका छन् । अध्यक्ष वलीसंगै गाउँपालिका उपाध्यक्ष दिपा विसी, वडा नं. ३ का वडा अध्यक्ष गंगाराम खत्री र वडा नं. ४ का वडा अध्यक्ष खड्ग बहादुुर शाहीले बालकको उद्धार गरेको बताइएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गुराँस गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु गर्नलाई विगत १ बर्ष देखि जोखिममा रहेका बालबालिकाहरुको पहिचान र उनिहरुको उद्धार तथा पुर्नस्थापनाका लागि गाउँपालिकामा निर्वाचित जनप्रतिनीधिहरुलाई अभिमुखिकरण गर्दै आएको छ । जसको परिणाम स्वरुप गाउँपालिकाका अध्यक्ष लगाएत निर्वाचित पदाधिकारीहरु उक्त अभियानमा लागि परेका छन् ।

प्रतिक्रिया