मेरो रजश्वला
अहो भाग्यले रजश्वला भएकि म
प्रक्रितिले संरचना गर्नलाई रोजेकि म
कस्ले सक्छ र मान्छे भित्र मान्छे बोक्न?
चाहेर पनि कहॉ सम्भव छ र
रजश्वला बिना यो स्रिष्टी थेग्न?
बिटुलो त अबश्य छैन
अछुतो पनि म हुने होइन
भगवानको टाढा पटक्कै छैन
म त शरिर भित्र नै ब्रम्हा बोकेर
नयॉ जीवको स्रिष्टी गर्ने मान्छे
रजश्वला विना अधुरो हुने मान्छे
भगवती पनि नछुनी हुन्छन्
सदा पूजा कोठामा नै बास् बस्छन्
हर दिन स्रद्दा पुर्वक पूजिन्छन्
शरिरमा श्रिष्टी बोकेकि नारी चाहिं
किन यसरी अशुध्द हुन्छिन्?
तिमीले दिएको तिरस्कार
अनि कुरिती सहेरै पनि
चुपचाप संरचना गरिरहन्छिन्
आफै भित्र संरचाना बोकेकि म
आफूमा नै परिपूर्ण भएकि म
प्रक्रितिले स्रिष्टी गर्न रोजेकि म
रातो थोपाले माया रोपेको छु
पर सरेकि होइन म त वर सरेकि छु
आफ्नो नशा चुंडाएर
नयॉ जीवनको कोष कोष सिंचेको छु
त्यसैले
श्राप होइन शान हो मेरो रजश्वला
अभिशाप होइन आशिर्वाद हो मेरो रजश्वला!
(समर्पित छौपडी र छोरीहरुमा)
प्रतिक्रिया