बलात्कार गर्न खोज्नेलाई कालोमोसो र जुत्ताको माला

बलात्कार गर्न खोज्नेलाई कालोमोसो र जुत्ताको माला

२६ चैत, धनगढी । कैलारी गाउँपालिका–१, दक्षिण मन्झरामा स्थानीय महिलालार्इ बलात्कार गर्न खोजेको अभियोगमा स्थानीयबासीले एक व्यक्तिलार्इ कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका छन्। स्थानीय कृष्णप्रसाद चौधरी (टुक्की) ले २३ गते राति १२ बजेतिर  स्थानीय महिलामाथि जबरजस्ती गर्न खोज्दा स्थानीयले पक्राउ गरेका थिए ।

कामको सिलसिलामा श्रीमान बाहिर गएको मौका छोपी राति घरमा आएर आफूमाथि जबरजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छिन् । जबरजस्ती गर्न खोजेपछि उनले गुहार मागेपछि स्थानीयहरु आएर टुक्कीलाई पक्राउ गरेका थिए ।

चैत्र २४ गते गाउँका स्थानीय महिलाहरुले टुक्कीलाई कालोमोसो साथै जुत्ताको माला लगाएका थिए ।

स्थानीय भल्मन्सा लगायतको उपस्थितमा दुईलाख दण्ड जरिवाना गर्नुका साथै आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने भनि माफी मगाएका छन् ।

प्रतिक्रिया