सामाजिक असमानता हटाउन शैक्षिक जागरण

सामाजिक असमानता हटाउन शैक्षिक जागरण


दैलेख, वैशाख २८ – गुराँस गाउँपालिका–३ का वडाध्यक्ष गंगाराम खत्रीले जातीय विभेद र सामाजिक असमानता हटाउन शैक्षिक जागरण बढाउन पर्ने बताएका छन् । वडास्तरीय दलित सञ्जालको आयोजनामा पातीकाल्नामा आयोजित दलित सचेतना कार्यक्रममा उनले सो विचार राखेका हुन् ।
त्यस बखत पूर्व जिविस सदस्य नगेन्द्रबहादुर खत्रीले जातीय विभेद अन्त्यका लागि दलित गैरदलितहरुको सहकार्य जरुरी रहेको बताए । सरस्वती माविका प्रधानाध्यापक चन्द्रदत्त तिवारीले कानून कार्यान्वयनमा कडाई गर्न सके विभेद हटाउन सहज हुने धारणा राखे ।
कार्यक्रमका सहजकर्ता पत्रकार अमर सुनारले जातीय विभेद हटाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय ऐन नियममा भएको व्यवस्था, कानून कार्यान्वयन प्रक्रिया र सामाजिक चेतना अभिबृद्धिको आवश्यकता विषयमा प्रकाश पारे । शिल्पी समाजका संयोजक बखत नेपालीले विभेद हटाउन आर्थिक उपार्जन र सचेतनाको महत्व विषयमा अभिमुखीकरण गरे ।
गुराँस गाउँपालिका वडा नं. ३ स्तरीय दलित सञ्जालका अध्यक्ष भीमबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँकार्यपालिकाका सदस्यहरु रत्ना बिक, लछिराम बिक, दलित अगुवा अमृता बिक, महिलानेतृ रामकुमारी हमाल लगायते दलित सचेतनाको महत्व बारे बोलेका थिए ।
यसैगरी सञ्जालको आयोजनामा सरस्वती मावि पातीकाल्नाका विद्यार्थीहरुका लागि जातीय विभेद समस्या र समुदायको भूमिका विषयमा गरिएको छ । विद्यालयमा पनि पत्रकार अमर सुनार र अभियन्ता बखत नेपालीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया