दैलेखमा निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने

दैलेखमा निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने

दैलेख जेठ १९ –महिला बालबालिका तथा सर्वसाधरणलाई लक्षित गरि दैलेख सदरमुकाममा एक दिने निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ । नेपाल प्रहरी श्रीमति संघ र आसरा सुधार केन्द्रको सयुक्त आयोजनामा उक्त शिविर संचालन हुन लागेको हो ।
एक दिने शिविरमा बाल रोग, दन्त रोग तथा स्त्री रोग सम्बन्धि सम्पूर्ण विरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिने जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी निरिक्षक बजिरंिह बिष्टले जानकारी दिएका छन् । यस बाहेक स्वास्थ्य सम्बन्धि अन्य समस्या भएका विरामीहरुको समेत निशुल्क स्वास्थ्य परिक्षण गरिने प्रहरी निरिक्षक बिष्टले बताए । स्वास्थ्य परिक्षणका लागि नेपाल प्रहरी अस्पतालका १५ जना चिकित्सक आउने बताइएको छ ।
शिविरमा स्वास्थ्य परिक्षणका साथमा जनचेतनामुलक कार्यक्रम समेत तय गरिएको छ । माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि चेतनामुलक कार्यक्रम गरिने छ । विद्यार्थीहरुलाई लागु औषध, महिला यौन जन्य हिंसा लगाएतका विषयमा जनचेतनामुलक कार्यक्रम गरिने छ । युवायुवतीहरुलाई कुलतमा फस्नु अगाडी नै सचेत बनाउने उदेश्यले चेतनामुलक कार्यक्रम गर्न लागिएको हो ।
दैलेख सदरमुकाममा रहेको नारायण क्याम्पस रामपुरमा हुने शिविर जेठ २१ गते सोमवार हुने बताइएको छ ।

प्रतिक्रिया