ह्वाइट हाउस एसएलसी प्रिन्सेसमा सहभागीहरुले देखाए प्रतिभा

ह्वाइट हाउस एसएलसी प्रिन्सेसमा सहभागीहरुले देखाए प्रतिभा

काठमाण्डौ– सिजन मिडियाद्धारा आयोजना गरिएको ८ औं संस्करणको ह्वाइट हाउस एसएलसी प्रिन्सेस प्रतियोगीतामा सहभागी २६ जना प्रतियोगीहरुले जोरपाटी स्थित नामी कलेजमा आयोजना गरिएको कार्यक्रमा आ–आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा प्रतियोगी नं. ५ कि आस्था थापाले गुराँसै फुल्दा वनै रमाइलो भन्ने गितको बोलमा आफ्नो नृत्य प्रस्तुती वाट कार्यक्रमको उद्घाटन गरेकी थिइन भने मन्दिरा सेन्चुरीले नेपाली रिमिक्स गितान नृत्य प्रस्तुत गरेकि थिइन । त्यसैगरि विभिन्न नेपाली गितहरुमा कृष्टीना वन्त, निर्जल पौड्याल, आरजु गिरी, सौजनय तामाङ वेन्जु थापा, अन्जनी चन्द, सलिना भुषाल, प्रविषा मर्हजन र आयुसा श्रेष्ठले पनि नृत्य मार्फत मनोरन्जन प्रदान गर्नुका साथै प्रतिभा प्रर्दशनी गरेका थिए ।
यस्तै निसा श्रेष्ठले वसन्त भन्ने गितको वोलमा गित गाएर आफ्नो प्रतिभा देखाएकी थिइन भने श्रेष्या भट्ट र इसिका रिजालले पनि विभिन्न नेपाली गितमा गाएर आफ्नो प्रतिभा देखाएका थिए । आकाक्षां पाठकले अंग्रेजी भाषामा कविता वाचन गरेकी थिइन भने रुचि धितालले यौन हिंसाको वारेमा आफ्नो धारण व्यक्त गरेकी थिइन । सफलता वुढाथोकीले आमा वुवाको विषयमा आफ्नो धारणा प्रस्तुत गरेकी थिइन । प्रेरणा भट्टराईले महिनावरी सबन्धमा आफ्नो नाटकको माध्ययवाट सम्पूर्ण निर्णायक तथा दर्शकलाई भावुक वनाउन सफल भएकी थिइन । सुहाना सुवेदीले पनि गिती नाटक प्रस्तुत गरेकि थिइन । अस्मीता पन्जीयार र नाम्दु सेर्पाले कन्टेमपोररी नृत्य प्रस्तुती दिएकी थिइन । संन्सतृप्ति रेग्मी, पाल्मा लामा, रिया खड्गीले नेपाली पप गितहरुमा नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रस्तुती प्रर्दशन गरेकी थिइन भने सुलोचना मगरले कौडा गितमा नृत्य देखाएकी थिइन ।
उक्त कार्यक्रममा निर्णायक मण्डलमा जुम्मा तथा नृत्य प्रशिक्षक शान्ति लिम्वु, मिसेस व्यूटी क्वनकी फोर्थ रनरअप कृष्टि वानीया, मिस इकलेजकी विजेता पेमा गुरुङ, मिस टिन कलेजकी विजेता स्वाती श्रेष्ठ र इकलेज २०१८ की फष्ट रनरअप सोफीया श्रेष्ठ रहेकी थिइन ।
यस कार्यक्रमको अन्तिम प्रतियोगीता आगामी जेष्ठ ३० गते नाचघर जमलमा सम्मपर्न हुने भएको छ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८” को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप,मोवाइलफोन र ५ दिनको बैंक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

प्रतिक्रिया