बिद्यालय बन्द गर्ने कार्यालय सहयोगी निलम्बीत

बिद्यालय बन्द गर्ने कार्यालय सहयोगी निलम्बीत

दैलेख जेठ २३ – दुल्लु नगरपालिकाका बिद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुद्धारा गरिएको आन्दोलनको क्रममा बिद्यालय बन्द गर्ने दुई जना कार्यालय सहयोगी निलम्बीत भएका छन् । निलम्बीत हुनेमा दुल्लू नगरपालिका ११ को दिपेन्द्र आधारभुत बिद्यालयका अम्मर बहादुर राना र वडा नं. ५ को नेपाल राष्ट्रिय आधारभुत बिद्यालय रिजुपोखराका कार्यालय सहयोगी महेन्द्र पोखरेल रहेका छन् ।

अन्दोलरत संघर्ष समितिले विभिन्न ६ बुँदे माग सहित दुल्लू नगरपालिकामा ज्ञापन पत्र पेश गरेको थियो । सोही अनुरुप आज गरेको बिद्यालय बन्द कार्यक्रम अन्तरगत लगाइएका ताला दुल्लू नगरपालिकाका प्रमुखको पहलमा खोलिएको थियो । नगरप्रमुखको नेतृत्वमा नगर कार्यपालिकाका शाखा अधिकृत शम्सेर बहादुर शाही, ईलाका प्रहरी कार्यालय दुल्लूका इन्चर्ज डोर बहादुर बुढा क्षेत्रीको सहयोगमा बिद्यालयमा लगाइएका ताला खोलीएको हो ।

सार्वजनिक सेवामा प्रभावित पर्ने जोकोहीलाई पनि कार्बाही गर्न नगरपालिका तयार रहेको नगर प्रमखु घनश्याम भण्डारीले बताए । आन्दोलनत संघर्ष समितिले २२ गते देखी २६ गते सम्म आन्दोलनको कार्यक्रहरु घोषणा गरेका छन् ।

प्रतिक्रिया