एसएलसी प्रिन्सेस २०१८ को ताज रुचीलाई
काठमाडौं जेष्ठ ३१ ।
सिजन मिडियाले राजधानीमा आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ मा धनकुटाको तुलसी मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षिय रुची धितालले शीर्ष ताज जितेकी छन् । २४ प्रतियोगीहरुलाई पछि पार्दै उनले ताज जितेकी हुन् भने काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हात पारिन । उनले विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्ड रनरअपको ताज पुष्पसदन स्कुलवाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन । उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हात पारिन । थर्ड रनरअप रिया खड्गी भइन भने उनले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड पनि जित्न सफल भइन् । साथै फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन ।
विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्याल्ेन्ट’ र वेष्ट वाक को उपाधी हात पारिन भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभको उपाधी पोल्टा पारिन् । निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्डहात पारिन त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता वुढाथोकीले मिस हेल्दी स्माइल, अस्मीता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर, फेसवुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।
प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युत राज पहाडी, क्याम्पीयन एकाडमीका सिनियर कोओडीनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी, सुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल र कान्तिपुर टिभिका सन्चारकर्मी गिता श्रद्धा अर्याल रहनु भएको थियो ।
प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ४७ हजार मुल्य वरावरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रबृतीका साथै विभिन्न उपहारहरु हात परिन । त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पीयन कलेजमा १ लाख बराबरको छात्रावृति साथै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर हातपार्न सफल भए । सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फवाट गिफ्ट ह्याम्पर त्यसैगरी सौय हेयर प्याकको तर्फवाट गिफ्ट ह्याम्पर र लेटमीइनको तर्फवाट सवैलाई गिफ्ट भौचर प्रदान गरिएको थियो ।
प्रतिक्रिया