नागरिक संघ संगठनले बुझाए ज्ञापन पत्र

नागरिक संघ संगठनले बुझाए ज्ञापन पत्र

दैलेख असार १ – नेपाल सरकार गृह मन्त्रालयले गत जेठ २५ गते जारि गरेको सूचना संघ संस्थाहरुलाई नियन्त्रण गर्ने अभिप्रायको रहेको भन्दै दैलेख जिल्ला स्थित नागरिक संग संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् ।

संघ संगठनहरुले जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन् । मुलुकको समृद्धीमा बृहत्तर साझेदारी र योगदान गर्न सक्ने नागरिक संस्थाहरुको मौलिक स्वतन्त्रतालाई संकुचित गर्ने तर्फ सरकार लागेको भन्दै ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा संस्थाको कार्यक्षेत्र नियन्त्रीत गर्ने, संस्थाहरुको खारेजी तथा संस्थाहरुको अनुपयुक्त समयमा नविकरण गराउने जस्ता विषय उल्लेखित पत्रिपत्रले स्वस्फुर्त रुपमा सामाजिक सेवामा क्रियाशिल रहेका संस्थाहरु बन्द गर्ने नियत लुकेको हुँदा नेपालको संविधानको धारा १७ मा व्यवस्था भएको मौलिक हकको संघ संस्था खोल्ने स्वतन्त्रताको विरुद्ध भएको ठहर नागरिक संस्थाहरुले गरेका छन् ।

जिल्लामा रहेका गैरसरकारी संस्था, सामुदायिक वन उपभोक्ता महासंघ, मानव अधिकारी तथा सामाजिक न्याय मञ्च नेपाल, खानेपानी तथा सरसरफाई उपभोक्ता राष्ट्रिय महासंघ, दलित गैरसरकारी संस्था महासंघ र मानव अधिकार संगठन दैलेखको सयुक्त हस्ताक्षरित ज्ञापन पत्रको बोधार्थ नेपाल सरकार गृह मन्त्रालयमा पठाएको छ ।

प्रतिक्रिया