सामाजिक कुसंस्कार विरुद्ध जागरुक बन्दै स्थानीय महिला

सामाजिक कुसंस्कार विरुद्ध जागरुक बन्दै स्थानीय महिला

दैलेख असार ३–गुरास गाउँपालिका ७ की पम्फा केसी धरमपोखरामा आयोजना गरिएको एक दिने सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रममा पुगिन् । करिब ५ घण्टा सम्म संचालन भएको कार्यक्रम अवधिभर उनले एकोहारो सुनिरहिन् । उनि जस्तै गुराँस गाउँपालिका ७ की यमुना डांगी पनि कुंसस्कार र कुरिति जस्ता विषयमा गरिएका छलफलमा सहभागि भइन् । वडा नं. ३ सेरी विष्णा सारु पातिकान्लामा सक्रिय सहभागिता जनाइन् । सोहि ठाउँमा रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत कल्पना थापाले कार्यक्रम अवधीभर वाल विवाह र छाउपडि सम्बन्धि विषयबस्तुमा छलफल गरिन् । सोहि उक्त गाउँपालिकाको दुर्गा देवी माध्यामिक विद्यालय, पुलियामा आयोजित एक दिने कार्यक्रममा सहभागि भएकी ललिता वि.क.ले अब आफु पनि सामाजिक कुसंस्कार विरुद्धमा अभियान चलाउन सक्षम भएको प्रतिक्रीया दिइन् ।
पछिल्लो समय महिला तथा बालबालिका माथी घट्दै गएका घटनाहरुलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्लामा कार्यरत सामाजिक संघ संस्थाहरु गरेको एक दिने सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागि भएका स्थानीय महिलाहरुले सामाजिक कुसंस्कार विरुद्ध आवाज उठाउने बताएका छन् । गुरासँ गाउँपालिकाका विभिन्न वडाहरुमा एक दिने सचेतिकरण कार्यक्रम संचालन गरिएको थियो ।

सामाजिक रुपमा कुसंस्कार र कुरितिको रुपमा लिइएको जातिय विभेद, महिला हिंसा, बाल विवाह, छाउपडि प्रर्था, यौन दुव्र्यवहार, जर्बरजस्ती करणी, मानव बेचखिन तथा ओसारपसार, लागु औषध दुव्र्यसनि, समूहमा हुने रुपान्तरित विकृती लगाएतका विषयमा समुदायलाई सचेत बनाउने उदेश्यले जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुले सयुक्त रुपमा कार्यक्रम आयोजना गरेको सामाजिक सेवा केन्द्र (सोसेक) महिला तथा बालबालिका केन्द्र दैलेखका मनोविमर्शकर्ता निर्मला विसीले बताइन् ।
त्यो संगै विद्यालयमा अध्ययनरत किशोरीहरु महिनावारी हुँदा स्कुल नजाने, स्कुल गएपनि अन्य साथीहरुले जिस्क्याउने र शिक्षकहरुले समेत सहयोग नगर्ने गुनासोहरु आउन थालेपछि सचेतिकरण कार्यक्रम गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।
गाउँ गाउँमा भएका कुरिति, कुसंस्कार तथा आपराधिक क्रियाकलापहरु नदोहोरिउन भन्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दैलेख महिला सेलका प्रहरी हवल्दार नर्जुन बहादुर शाहीले बताए । गुरासँ गाउँपालिकाको धरमपोखरा, पातिकान्ला र दुर्गा देवी माध्यामिक विद्यालय, पुलियामा कार्यक्रम गरिएको थियो ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनीधि,दलित, महिला, बालबालिका, युवा युवती, शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्दै एक दिने सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमको सहजिकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, सामाजिक सेवा केन्द्र (सोसेक) महिला तथा बालबालिका केन्द्र दैलेखका मनोविमर्शकर्ता निर्मला विसी र जिल्ला प्रहरी कार्यालय दैलेख महिला सेलका प्रहरी हवल्दार नर्जुन बहादुर शाहीले गरेका थिए । गुरासँ गाउँपालिकामा संचालन गरिएको अभियान जिल्ला प्रहरी कार्यालय दैलेख, गुरासँ गाउँपालिका, जिल्ला बाल कल्याण समिति, बाल हेल्पलाइन दैलेख, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले सयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रतिक्रिया