१५ बर्षिया सन्तकुमारी ८ कक्षामा भर्ना

१५ बर्षिया सन्तकुमारी ८ कक्षामा भर्ना

दुल्लु नगर संवाददाता
दैलेख असार ८
दुल्लु नगरपालिका वडा नं. ३ की १५ बर्षिया सन्त कुमारी कामीलाई कक्षा ८ मा भर्ना गरिएको छ । धनसरी कामी र ठिम्सो कामीको छोरी १५ बर्षिया बालिका सन्त कुमारीलाई विहिवार श्री आधारभुत विद्यालय मष्टानारायण पोखरीमा कक्षा ८ मा भर्ना गरिएको हो । उनि २०७२ सालमा कक्षा ७ उर्तिण गरेपछि विद्यालय छोडेकी थिइन् । विद्यालय छोडेको झण्डै ३ बर्ष पछि उनलाई कक्षा ८ मा भर्ना गरिएको हो । उनले विद्यालय छोडेकै कारण बाल विवाह हुन सक्ने र अशिक्षाका कारण भविष्य नै अन्धकार हुन सक्ने भन्दै विद्यालय भर्नाका लागि पहल थालिएको थियो ।

बालबालिकाहरुको अहिलेको पहिलो आवश्यता भएको भनि बुझाइसकेपछि सन्त कुमारीलाई विद्यालय भर्ना गरिएको सामािजक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख सञ्चालीत एकिकृत जलस्रोत कार्यक्रमका कर्मचारी ललीता भण्डारीले जानकारी दिइन् । सन्त कुमारी कामीको आमा धनसरी कामीको सहभागितामा उनलाई विद्यालयमा भर्ना गरिएको हो । उनलाई विद्यालय भर्ना गर्नका लागि विद्यालयका शिक्षक, अभिभावक र स्थानीय सामाजिक अगुवाहरुले पहल थालेका थिए । बालिकालाई विद्यालयमा भर्ना पछि विधालयका प्रधानाध्यापक जनक बहादुर कार्कीले बालिकाले पढाई–लेखाईमा बिशेष ध्यान दिए विद्यालयबाट प्रदान गरिने जुनसुकै सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया