नयाँ शिक्षिका

नयाँ शिक्षिका

छात्राहरु मात्र अध्ययन गर्ने एउटा विद्यालयमा भर्खर आएकी एक शिक्षिका ज्यादै सुन्दरका साथै शिक्षण पेशामा समेत अब्बल थिइन । छोटो समय मै उनी सबै छात्राहरूको प्रिय शिक्षिका बन्न पुगिन । तर उनी अहिलेसम्म अविवाहित थिइन ।

एक दिन विद्यालयका सबै छात्राहरू उनको वरिपरि झुम्मिए र सबैले शिक्षिकासँग ठट्टा गर्न लागे । प्रायः सबै छात्राहरूको प्रश्न थियो – मेडम तपाइले अहिलेसम्म किन विवाह गर्नु भएको छैन?

शिक्षिकाले आफ्नो कथा यसरी शुरू गरिन – एक महिलाको पाँच छोरीहरू थिए । उनको पतिले यसपाली पनि छोरी भएमा त्यसलाई बाहिर चोकमा फालेर आउने धम्की उनलाई दिएका थिए । इश्वरको इच्छा छैठौं पल्ट पनि महिलाले छोरी नै पाइन । रिसमा पतिले छोरीलाई उठायो र रातको अध्यारोमा बजारको बीचको चोकमा राखेर आए । महिला पुरै रात बच्चीको कुशलताको लागि प्रार्थना गर्दै रहिन ।

दोस्रो दिन जब पिता चोक भएर कतै जादै थिए उनले देखे कि बच्चीलाई कसैले पनि लगेको रहेनछ । पिताले बच्चीलाई घर लिएर आए तर दोस्रो रात पनि फेरी बच्चीलाई चोकमा राखेर आए तर हरेक पल्ट यस्तो भयो कि पिताले बच्चीलाई चोकमा राखेर आउथे तर कसैले पनि बच्चीलाई लैजादैनथे । बाध्य भएर हरेक पल्ट पिताले बच्चीलाई घर फिर्ता लिएर आउथे । अन्तमा पिता थाके र भगवानको कृपा सम्झी बच्चीलाई घरमै राख्न राजी भए ।

फेरी एक साल पछि महिला फेरी गर्भवती भइन तर यस पल्ट भने उनले छोरा पाइन । तर केही दिन पछि उनको छोरी मध्ये एकको मृत्यु भयो । यहाँ सम्म कि महिला पाँच पल्ट गर्भवती भइन र पाँच जना छोराहरू जन्मिए तर छोराको जन्म पछि हरेक पल्ट उनीहरूको छोरीहरू मध्ये कुनै एकले यस दुनियाँलाई छोडेर जान्थे । अन्तमा एक छोरी मात्र बाँचिन । ती तिनै छोरी थिइन जसलाई उनको पिताले चोक छाडेर छुटकारा पाउन चाहन्थे । यसैबीच महिला पनि यस दुनियाँबाट बिदा भइन । यता पाँच छोराहरू र एक छोरी सबै हुर्के ।

शिक्षिकाले भनिन – तिमीहरूलाई थाहा छ, बाँचेकी एक मात्र छोरी को हुन्? त्यो भाग्यमानी म नै हुँ । मैले अहिलेसम्म यसकारण विवाह गरेको छैन किनकी मेरो पिताजी यति बृद्ध छन् कि आफ्नो हातले खाना पनि खान सक्दैनन् । र उनलाई सेवा गर्नका लागि घरमा कोही पनि छैनन् । मैले नै उनको सेवा गर्ने गर्छु । उहाँका पाँच छोराहरु कहिले काँही घरमा आउँछन् मात्र पिताजीको हालचाल सोध्न । जब पिताजीले मलाई देख्नु हुन्छ उहाँको आँखामा आँसु कहिल्यै रोकिदैन । उहाँ सधै पश्चतापले रूँदै भन्नु हुन्छ मेरो प्यारी छोरी तिम्रो बाल्यकालमा जे मलै तिम्रो साथ गरे त्यसको लागि माफ दिनु । #साभार सागर शाहीकाे फेसवुक प्राेफाइल

 

प्रतिक्रिया