महिला संघको स्थापना दिवसमा अन्तरक्रिया

महिला संघको स्थापना दिवसमा अन्तरक्रिया

दैलेख साउन २४,  ‘नेपाल महिला संघको योगदान, राष्ट्र निर्माण अभियान, सम्पूर्ण महिलाहरुको उत्थान नेपाली कांग्रेसको शान’ भन्ने मुल नारा सहित नेपाल महिला संघको ७१ औ स्थापना दिवसको अवसरमा दैलेखमा पनि अन्तक्र्रिया कार्यक्रम गरिएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेख द्धारा नेपाली कांग्रेस दैलेखको पार्टी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले अबको युग महिलाको युग भएको भन्दै उत्साहित हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले संविधानले महिलाहरुलाई धेरै अवसर दिएको भन्दै हिनता बोध नगर्न आग्रह गरे । उनिहरुले हरेक आन्दोलनमा महिलाले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताए ।
कार्यक्रममा नेपाल महिला संघ दैलेखकी अध्यक्ष सिता रानाले महिला कमजोर नरहेको भन्दै हिम्मतका साथ अघि बढ्न आग्रह गरिन् । उनले नेपाल महिला संघले महिला सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको प्रष्ट पारिन् ।
कार्यक्रममा नेपाली कांग्रेस दैलेखका नेताहरुले आ–आफ्नो धारणाा राखेका थिए । नेपाल महिला संघ जिल्ला कार्यसमिति दैलेखकी अध्यक्ष सिता रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस नेता जगतजंग थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महिला हक अधिकार स्थापित गराउन अतुलनिय योगदान पु¥याउने ‘स्व. मंगलादेवी सिंह – प्रेरणाकी एक मुल स्रोत’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया