मेरो देश

मेरो देश

सडकमा बालक रुने मेरो देश
सदनमा मस्ती गर्ने मेरो देश
ठुलोको जहिले नि चल्ने मेरो देश
बलात्कार नै बलात्कार हुने मेरो देश

भन्थे व्यवस्थासंगै परिवर्तन हुने मेरो देश
रातदिन महंगी भ्रश्टाचार बढ्ने मेरो देश
विश्वकै उत्कृष्ट संबिधान भएको मेरो देश
संघियता नै घाँडो हुदैछ रे मेरो देश

चार जात छत्तिस वर्णको मेरो देश
छुवाछुतमा नै अझै अल्झेको मेरो देश
प्रकृतिको निकै धनि भनिने मेरो देश
टुक्रा टुक्रा पारिदै छ रे मेरो देश

प्रतिक्रिया