‘आउ वलात्कार गर’

‘आउ वलात्कार गर’

आउ वलात्कार गर मलाई
मेरो शरिरले तिमीलाई त्रिप्ति दिन्छ
भने लुछी देउ मेरा मासुहरु 
सॉच्चै नै तिमी सिनो खाने गिद्ध हौ भने 
मेरा मासुका थुप्रामा बात्सल्य देखेनौ
मेरा कोपिलाहरुमा बहिनीको मखमली भेटेनौ
आउ थिच मलाई, किच मलाई
राक्षसी रुप मानिस भित्र बोकेको छौ भने
चोक्टा चोक्टा त बाघले पनि लुछेकै हुन्छ
चोरेको शिकारले नै स्यालले पेट भरेको हुन्छ
लुछ मलाई, चुस मलाई, लुट मलाई
आफ्नै घर र ऑगनमा पिपासु डुलेको छ भने
मेरो संबेग, सम्मान र सपनाको के कुरो
शरिर भरि यौनको पसल बोकेर हिंडेकि म
नाप, जोख मलाई, घोच, रेट मलाई
सॉच्चै नै तिमी जिउंदो पिचास हौ भने

प्रतिक्रिया